यसकारण छिटै खानुपर्छ बेलुकाको खाना

काठमाडौं । खाना खाने उचित समय नमिल्दा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु हुन सक्छ । त्यसकारण खाना खाने समयलाई विशेष ध्यान दिनुपर्छ ।

दैनिक खाना खाने समय तालिका बनाएर दिनदिनै यसलाई फलो गर्दा स्वास्थ्यको लागि निकै फायदा पुग्छ ।

स्वास्थ्य रहनका लागि सकेसम्म बेलुकाको खान छिट्टै खाने बानी बसाउनु पर्छ ।

जतिसुकै बढी खाना खाए पनि बेलुका चाँडै खाने गर्नाले शरीरमा विभिन्न स्वास्थ्य समस्याले दुःख दिन सक्दैन ।

रातीको खाना खाएपछि अधिकांश मानिसको सिधै ओछ्यानमा बस्ने वा खानेबित्तिकै सुत्ने बानी हुन्छ ।

टन्न खाना खानेबित्तिकै सुत्ने बानीले पाचन प्रक्रियामा परिवर्तन गरेर छाती पोल्ने, तौल बढ्ने तथा स्वास्थ्य खराब हुन सक्छ ।
खाना खाएपछि खाना पच्नको लागि समय लाग्छ ।

चाँडै खाना खाने गर्दा त्यसलाई पचाउनका लागि प्रशस्त समय पाइन्छ जसकारण बिहान उठ्दा पेट सफा हुन्छ ।

तर, ढिला खाना खाने बानीले रातभर सुतेपछि पाचनप्रक्रियामा अवरोध आउने हुँदा पेटसम्बन्धी रोगहरूका साथै शारीरिक र मानिसिक स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

बेलुकाको खाना छिट्टै खाने गरेमा अर्को दिन चाँडै भोक लाग्छ र समयमा खाना खानाले पेट हल्का हुनुका साथै ग्यासको समस्या हराएर शरीरलाई चाहिने ऊर्जा पनि प्राप्त हुन्छ ।

समयमा खाना खानाले खाना छिट्टो पच्छ र यसले पेट दुख्ने, ग्यास र अपच तथा कब्जियतको समस्या हुन दिँदैन । पेट सफा भएमा छाला पनि सफा र चम्किलो हुँदै जान्छ ।

चाँडै खाना खाने बानीले सुत्न पनि प्रशस्त समय पाउने हुँदा निन्द्रा पुग्नुका साथै छिट्टै उठ्न पनि सकिन्छ ।

तौल नियन्त्रणमा राख्नका लागि बेलुकीको खाना चाँडै खाएर खाना खाएपछि एकछिन हिँड्नु पर्छ ।

खाना खाइसकेर एकछिन हिँड्ने, किताब पढ्ने तथा आफूलाई मनपरेको काम गर्न सकिन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here