आजबाट ६५ बर्ष उमेर माथिका नागरिकलाई कोविड भ्याक्सिन, यी हुन् काठमाडौं महानगरभित्रका खोप केन्द्रहरु

काठमाडौं । आजबाट कोविड १९ रोग विरुद्ध दोस्रो चरणको खोप कार्यक्रम सुरु भएको छ । दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई चरणबद्ध खोप लगाउने योजनाअनुसार ६५ बर्ष उमेर समूहमाथिका नागरिकलाई खोप दिन थालिएको छ ।

यस अघि पहिलो प्राथमिकतामा परेका तर विभिन्न कारणले खोप लगाउन नपाएका महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई उपलब्धताका आधारमा खोप दिइनेछ ।

यसै गरी संघका मन्त्रालय, विभाग, संवैधानिक आयोग, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थानलगायत कार्यालयमा काम गर्ने कर्मचारीका लागि काठमाडौं उपत्यकाका ४ वटा अस्पताललाई तोकिएको छ । जसमा निजामति अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र परोपकार स्त्री तथा प्रसुति अस्पताल रहेका छन् ।

चैत १० गतेदेखिपछि दोस्रो प्राथमिकतामा ५५ बर्षमाथिका जेष्ठ नागरिक, महाविद्यालयका प्राध्यापक, विद्यालय (सामुदायिक÷निजी) का शिक्षक कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिइनेछ । खोप लगाउन जाँदा नागरिकता, मतदाता परिचय पत्र, चालक अनुमति पत्र, कार्यालयको परिचय पत्र लिएर जानुपर्नेछ । परिचय पत्र उपलब्ध नहुनेका लागि वडाको शिफारिस आवश्यक पर्नेछ ।

काठमाडौं महानगरभित्रका खोप केन्द्रहरु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, (वडा १२, १३, १४, २० र २१)

वीर अस्पताल (वडा २२, २३, २४, २७ र २८)

छत्रपाटी निशुल्क चिकित्सालय (वडा १६, १७, १८, १९, २४ र २५)

परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल (वडा १०, ११, २८ र २९)

निजामति कर्मचारी अस्पताल (वडा १०, ३१ र ३२)

मदरल्याण्ड अस्पताल, सिनामंगल, पेप्सीकोला (३२ र ६)

काठमाडौं मेडिकल कलेज, सिनामंगल (वडा ९, ३० र ३१)
ओम अस्पताल एण्ड रिसर्च सेन्टर (वडा ४, ५, ६, ७ र ८)

स्तुपा अस्पताल, बौद्ध (वडा ६, ७ र ८)

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (वडा ३, ४ र ५ )

त्रि. वि. शिक्षण अस्पताल (वडा ३, ४ र ५)

हिमाल अस्पताल, नक्साल (वडा १, ५, २९ र ३०)

नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज (२, १६ र २६)

वीरेन्द्र सैनिक अस्पताल, छाउनी (वडा १३, १४, १५ र १९)

जनमैत्री अस्पताल, बालाजु (वडा १६ र २६)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here