शेयर बजारबाट मालामाल सरकार, ७ महिनामै उठ्यो साढे ६ अर्ब कर

काठमाडौं । चालू आर्थिक वर्ष शुरू भएसंगै शेयर बजार उकालो लाग्ने कार्यले निरन्तरर्ता पायो । पछिल्लो दुईसाता केही ओरालो लागेपनि समग्रमा पछिल्लो समय शेयर बजारले एउटा छुट्दै उचाई प्राप्त गरेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म (८ महिना) को अवधि मात्रै नेप्से सूचक दोब्बरभन्दा धेरै बढेर इतिहासकै सर्वाधिक २६४० विन्दुसम्म पुग्यो । यस अवधिमा लगानीकर्ताको सम्पत्ति करिब १४ खर्बभन्दा धेरैले बढिसकेको छ । साउनमा करिब २२ खर्ब रहेको बजार पूँजीकरण (साउन यता सूचीकृत भएका कम्पनीको सहित) अहिले बढेर ३४ खर्ब बढी पुगेको छ ।

विगतका वर्षहरुको तुलनामा चालू वर्षमा दैनिक कारोबार रकम उल्लेख्य बढ्नु, शेयर बजारमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत हुनु, शेयर कारोबारीको संख्या बढ्नु, दैनिक कारोबारको संख्या बढ्नु लगायत कारणले राजश्व संकलन उच्चदरले बढेको हो ।

निरन्तर शेयर बजार बढ्दा लगानीकर्ता मात्रै होइन सरकारलाई पनि अत्याधि फाइदा भएको छ । शेयर बजार बढ्दा लगानीकर्ताले कमाउने नाफा पनि बढेसँगै सरकारले पाउने राजश्व पनि सयौं गुणाले बढेको छ ।

चालू आर्थिक वर्षको ७ महिना (साउन-माघ)मा सरकारले शेयर बजार बजारबाट मात्रै ६ अर्ब ५८ करोड रुपैयाँ कर अशुल गरेको छ । यो हालसम्मकै धेरै हो ।

चालू आवमा सेयर कारोबारबापत अशुल भएको कर पछिल्लो ५ वर्षमा संकलन भएको कर बराबर हो । सरकारले आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्मको ५ वर्षको अवधिमा सेयर कारोबारबापत कुल ६ अर्ब ५९ करोड रुपैयाँ कर संकलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here