स्वस्थ आँखाको लागि खानुहोस् यी पाँच खाद्यपदार्थ

काठमाडौं । आँखा मानव स्वास्थ्यको सबैभन्दा महत्वपुर्ण अंक मध्यको एक अंक हो ।

दिनको अधिकांश समयमा ल्यापटप, ट्याबलेट, टिभी वा स्मार्टफोनको स्क्रिनमा बिताइएका कारण आँखा कमजोर हुने वा विभिन्न समस्या देखिन थालेको छ । व्यस्त कामको तालिका, अनियमित निद्रा, अस्वस्थ आहार र जीवनशैलीका कारण आँखामा नकारात्मक असर परिरहेको छ । जसकारण आँखाको हेरचाह पहिलेभन्दा धेरै महत्त्वपूर्ण भएको छ ।

तर, दैनिक आहारमा केही खाद्यपदार्थलाई नियमितरूपमा समावेश गर्नाले आँखाहरूको समग्र स्वास्थ्यमा सुधार पुर्‍याउन सक्छ । आँखालाई स्वस्थ राख्न अहारमा समावेश गर्नुपर्ने यी पाँच खाद्यपदार्थ ः

गेडागुडी

आफ्नो दैनिक आहारमा गेडागुडी थप्नुहोस् । राजमा, मटर र दाल बायोफ्लाभोनोइड्स र जिङ्कको राम्रो स्रोत हो जसले रेटिनालाई बचाउन मद्दत गर्छ । साथै, यसले म्याकुलर डिजेनेरेसन र मोतियाबिन्दुको विकासको जोखिमलाई पनि कम गर्छ ।

नट्स र सूर्यमुखीको बिउ

स्वस्थ आँखाका लागि ड्राइ फ्रुट्स वा नट्स पनि अर्को ठूलो स्रोत हो । पिस्ता, ओखर, हाडेबदामलगायत नट्सबाट ओमेगा–फ्याट्टी एसिड र भिटामिन–ई पाइन्छ । जसले आँखालाई स्वास्थ्य राख्न मद्दत गर्छ । अध्ययनहरूका अनुसार भिटामिन ई साथै अन्य पोषक तत्वहरूले उमेर बढेसँगै हुने म्याकुलर डिजेनेरेसनलाई खराब हुनबाट जोगाउन मद्दत गर्न सक्छ ।

हरियो सागसब्जी

हरियो पातदार सब्जी आँखाको स्वास्थ्यका लागि उत्तम स्रोत हो । हरियो पातदार सब्जी पनि भिटामिन सी र ईमा समृद्ध हुन्छन् । बोटमा आधारित खानामा भिटामिन–एको मात्रा पनि उच्च हुन्छ जसले लामो अवधिसम्म हुने आँखा रोगको जोखिम कम गर्छ ।

रङ्गीन फल र तरकारी

गाँजर, टमाटर, सिम्ला मिर्च, स्ट्रबेरी, फर्सी, मकै जस्ता खाना भिटामिन ए र सीको उत्कृष्ट स्रोत हुन् । रङ्गीबिरङ्गी भएकाले यी फलफूल र तरकारीको सेवनले थुप्रै आँखाका रोगहरूको जोखिम कम गर्छ ।

सिट्रस फल

सिट्रस फल र बेरी भिटामिन सीको समृद्ध स्रोत हो जुन स्वस्थ आँखाका लागि महत्त्वपूर्ण हुन्छ । सुन्तला, अङ्गुर, कागती, बेरीमा भिटामिन–सीको मात्रा उच्च हुन्छ जसले मोतियाबिन्दु र म्याकुलर डिजेनेरेसनको जोखिमलाई कम गर्न सक्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here