पानीमा घोलेर खाँदा औषधिको प्रभावकारीता बढ्छ

काठमाडौं । रुघा र ज्वरोको औषधि अधिक प्रभावकारी बनाउन यसलाई पेयपदार्थको रूपमा लिनुपर्ने बताइएको छ ।

जर्नल फार्मास्युटिकल रिसर्चमा प्रकाशित अनुसन्धानका अनुसार ट्याब्लेटभन्दा पनि औषधिलाई पानीमा घोलेर लिनाले शरीरलाई औषधि छिटो अवशोषित गर्न र निको पार्न कम समय लाग्ने हुन्छ । ट्याब्लेट निल्नुभन्दा पनि पेयपदार्थको रूपमा पिउँदा प्यारासिटामोल कसरी शरीरमा छिटो अवशोषण हुन्छ भनेर हेर्नका लागि अनुसान्धान गरिएको थियो ।

अध्ययनका लागि २५ स्वस्थ पुरुष स्वयंसेवकबाट डाटा सङ्कलन गरिएको थियो । सहभागीलाई पहिले औषधि ट्याब्लेटको रूपमा र त्यसपछि पेयको रूपमा लिन लगाइएको थियो । विभिन्न परीक्षण विधिको प्रयोग गरेर हेर्दा तरल पदार्थ बनाएर प्रयोग गरिएको औषधि शरीरले छिटो अवशोषित गर्छ र औषधि लिएको पहिलो एक घण्टामा नै यसले आफ्नो काम द्रुत गतिमा गर्छ ।

विज्ञका अनुसार तातो पेयपदार्थले द्रुत गतिमा पेटलाई खाली गर्न अनुमति दिन्छ, जसमा खाना, विशेष गरी चिनी, पेटबाट चाँडो सानो आन्द्रामा सर्छ । यसले औषधि अवशोषण हुने समय र रोगको लक्षण नियन्त्रण गर्ने समयलाई कम गर्छ । सरल भाषामा तातो पेयपदार्थले औषधिलाई साना आन्द्रामा छिटो सार्न मद्दत गर्छ जसको परिणामस्वरूप औषधि रक्तप्रवाहमा छिटो प्रवेश गर्छ र असुविधालाई कम गर्न सुरू गर्छ ।

अनुसन्धानकर्ताको टोलीले चिसो पानीको तुलनामा प्यारासिटामोल तातो पानीमा अधिक घुलनशील हुने बताएका छन् । पेयपदार्थको तापक्रमले औषधिलाई छिटो टुक्राउन र कम समयमा रक्तप्रवाहमा प्रवेश गराउन मद्दत गर्छ । प्यारासिटामोललाई एक गिलास तातो पानीमा घोलेर लिन सकिन्छ । पानीले औषधिको संरचना परिवर्तन गर्दैन ।

दुध, क्याफिन वा फलफूलको जुसको साथ औषधि सेवन गर्दा केही नकारात्मक साइड इफेक्ट हुन सक्छ । साथैे, कुनै तरल पदार्थबिना औषधि सेवन गर्दा निल्न गाह्रो हुने, अड्किने, छाती दुख्ने, अन्न नलीमा जलन हुने, सुन्निने, रक्तश्राव गराउने तथा प्वालसमेत पार्न सक्छ ।(एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here