शेयर नामसारी कसरी गर्ने ? यस्तो छ व्यवस्था

काठमाडौं । परिवारका एक व्यक्तिको नाममा भएको शेयर अर्को व्यक्तिको नाममा नामसारी गर्न सकिन्छ ।

यसको लागि केही आवश्यक मापदण्डहरु छन् । जुन निम्न छ ।

– शेयर नामसारी गरि लिने तथा शेयर नामसारी गरि दिने दुवैको निवेदन

– ३ पुस्ता भित्रको परिवार देखिने कागजपत्र

– शेयर लिने तथा दिने दुवैको नागरिकताको प्रतिलिपि

– शेयरको प्रमाण

– शेयर लिने तथा दिने बीचको नाता प्रमाणित हुने प्रतिलिपि

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

घरायसी नामसारी शुल्क नामसारी गरिने धितोपत्रको चुक्ता रकमको २ प्रतिशत वा न्यूनतम २०० रुपैयाँ लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here