किसानको रोजाइमा परेन कालीमाटीको छुट्टै स्टल, समिति भन्छ-प्रचारप्रसार कम भयो

जितेन्द्र खनाल

काठमाडौं, २५ चैत । देशकै ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा किसानको छुट्टै तरकारी स्टल राखिएको छ । चैत १८ गतेदेखि किसानको छुट्टै तरकारी स्टल राखेपनि रोजाइमा भने परेको छैन् ।

सञ्चालनमा आएको एक साता भएपनि स्टल बुकिङको लागि कुनै किसान नआएका कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

सुरुको दुई दिन निशुल्क दिएको दिन (चैत १८ र १९ ) ६ जना किसानले स्टल राखेको त्यसपछि भने कुनैपनि किसान स्टल राख्नको लागि नआएको श्रेष्ठले क्लाउड पत्रिकासँग भने

पहिलो दिन ४ जना र दोस्रो दिन २ जना किसानले स्टल राखेका थिए ‘तर, त्यसपछि कुनै किसान नआएपनि उनको बताए ।

खाली राख्छौं तर व्यापारीलाई दिदैँनौं

किसानको लागि भनेर छुट्याईएको स्टल किसान नआएपनि व्यापारी तथा अन्य व्यक्तिलाई नदिने सूचना अधिकारी श्रेष्ठले बताए ।

‘हामीले १२ वटा स्टल किसानको लागि भनेर छुट्याई सक्यौं । माग्न त किसान नआएको समयमा व्यापारीलाई स्टल दिनुहोस् भनेका छन् ।’

श्रेष्ठले भने, ‘तर, हामी किसानलाई भनेर छुट्याईएको स्टल बरु खाली राख्छौं तर, व्यापारी वा किसानबाहेक अन्यलाई दिनैनौं ।’

स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने सूचना अधिकारी श्रेष्ठको अपेक्षा छ ।

समिति भन्छ प्रचारप्रसार कम भयो

प्रचारप्रसार कम भएको कारण किसान तरकारी बजारमा नआएको हुनसक्ने कालिमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी श्रेष्ठको बुझाई छ ।

‘यसको लागि प्रचारप्रसार कम भयो कि जस्तो लागेको छ । कतिपय मानिसलाई यस विषयमा थाहै छैन् ।’ उनले क्लाउड पत्रिकासँग भने, ‘प्रचारप्रसार गरेर किसानसम्म यो कुरा पुर्याउन सकियो भने स्टल भरिभराउ हुनेछन् ।’

दुई दिन पछि भने २ टन सम्मको तरकरीको शुल्क प्रतिदिन ५ सय रुपैयाँ र २ टनभन्दा धेरै तरकारी भएको अवस्थामा प्रतिकेजी २० पैसाको दरले मूल्य बढ्दै जानेछ । ‘

जो पहिला आउँछ, उसैले उत्पादन राख्न पाउँछ ।’ स्टल व्यवस्थापनका लागि छुट्टै कर्मचारी चाहिने भएकाले पैसा लिएको उनले बताए । त्यहाँबाट किसानले सानो परिमाणमा बिक्री गर्न पाउँदैनन् ।

बोरा/क्रेटकै हिसाबले बेच्नुपर्ने हुन्छ । साना किसानका लागि खुद्रा बजार नै छ, स्टल ठूलो परिमाणमा ल्याउने व्यावसायिक किसानका लागि हो,’ श्रेष्ठले भने ।

तरकारी बजारमा किसानले दैनिक २० घण्टा आफ्नो तरकारी राख्न पाउनेछन् । कालीमाटी तरकारी बजारको ४५ रोपनी क्षेत्रफलमा हाल ५ सय १५ वटा खुद्रा र थोक स्टलमा व्यापारीहरुले तरकारीको व्यापार गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here