आइपीओ बाढी लागेको वर्ष ‘२०७७’, यी हुन् पाइपलाइनमा रहेका कम्पनी

काठमाडौं, २९ चैत । शेयर बजारमा नयाँ आइपीओ निष्काशनको संख्या बढ्दो क्रममा छ । आइपीओसँगै नयाँ लगानीकर्ता भित्रिएको हिसाबले २०७७ साललाई शेयर बजारको स्वर्णिम युग मान्न सकिन्छ ।

२०७७ साल काठमाडौं उपत्यकामा ट्राफिक जाम भएर रोकिनु पर्ने अवस्था आएजस्तै प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्नका लागि पर्खनु पर्ने अवस्था रहेको थियो ।

जसले गर्दा आइपीओमा लगानीकर्ताको आर्कषण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या पनि ३३ लाखभन्दा धेरै पुगिसकेको छ । गएको एक वर्षमा बजारमा जति नयाँ लगानीकर्ताहरु भित्रिए त्यसै अनुपातमा अहिले बजार पनि बढिरहेको छ ।

करिब एक बर्ष अघि नेपाल पुनर्बीमा कम्पनीको आइपीओ ३ लाख ९१ हजार ६ सय २६ जनाको मात्र आवेदन परेको थियो । तर, पछिल्लो समय फागुन २१ गतेबाट जारी भएको आइपीओ सबैभन्दा धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन दिएका थिए ।

यो वर्ष १९ वटा कम्पनीको आइपीओ जारी भएको जस मध्य १७ वटा कम्पनीको दोस्रो बजारमा कारोबार भइरहेको छ भने १ कम्पनीको शेयर सूचीकृतीको काम भइरहेको छ भने १ कम्पनीको आइपीओ बाडफाँड २०७८ सालमा मात्रै हुनेछ ।

नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनीले चैत्त २६ गते १०० रुपैयाँ मूल्यका १ करोड ५१ लाख २६ हजार ५०० कित्ता शेयर सर्वसाधरणका लागि जारी गरेको थियो । कम्पनीको आइपीओमा आवेदन दिने सबै आवेदकले कम्तिमा ४० कित्ता र बढिमा ५० कित्ता शेयर हात पारेका थिए ।

अजोड इन्स्योरेन्स

अजोड इन्स्योरेन्स कम्पनीले असार २५ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

यो कम्पनीको आइपीओमा आवेदन दिने २ लाख ९३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले शेयर हात पारेका थिए ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौं ४ गतेबाट १०० अंकित मूल्यका ५६ लाख ३० हजार कित्ता शेयर सवसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपी ओमा आवेदन दिने ५ लाख ६३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले शेयर हात पारेका थिए ।

लिबर्टी इनर्जी

लिबर्टी इनर्जी कम्पनीले भदौं ४ गतेबाट १०० अंकित मूल्यका ३५ लाख ५० हजार कित्ता शेयर सवसाधारणका लागि जारी गरेको थियो । कम्पनीको आइपीओमा आवेदन दिने सबै लगानीकर्ताले अधिकतम २० कित्ता र न्यूनतम १० कित्ताका दरले शेयर हात पारेका थिए ।

एनआइसी एसिया लघुबित्त

एनआइसी एसिया लघुबित्त कम्पनीले असार १० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

यो कम्पनीको आइपीओमा आवेदन दिने ४ लाख ७५ हजार ५ सय लगानीकर्ताले समान १० कित्ताका दरले शेयर हात पारेका थिए । भने गोलापर्थाबाट थप १० कित्ता हात पारेका छन् ।

सानीमा जनरल इन्स्योरेन्स

सानीमा जनरल इन्स्योरेन्स कम्पनीले असोज २१ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

यो कम्पनीको आइपीओमा आवेदन दिने २ लाख ७३ हजार लगानीकर्ताले समान १० कित्ताका दरले शेयर हात पारेका थिए ।

एनआरएन इन्फ्रास्ट्रक्चर

एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीले साउन १६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

यो कम्पनीको आइपीओमा आवेदन दिने मध्य ३ लाख १६ हजार १५ जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पारेका थिए भने ३ जना लगानीकर्ताहरुले भने ११ कित्ता शेयर हात पारेका थिए ।

माउन्टेन इनर्जी

माउन्टेन इनर्जी कम्पनीले कार्तिक २६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ३० हजार २६५ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीको आइपीओमा आवेदन दिने मध्य १ लाख ८३ हजार २१ जना लगानीकर्ताहरुले समान १० कित्ता र ५ जना लगानीकर्ताहरुले ११ कित्ताका दरले शेयर हात पारेका थिए ।

जनरल इन्स्योरेन्स

जनरल इन्स्योरेन्स कम्पनीले असोज १४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यस कम्पनीको आइपीओमा आवेदन दिने मध्य २ लाख ७३ हजार लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पारेका थिए ।

साधना लघुबित्त

जनरल इन्स्योरेन्स कम्पनीले असार २१ गते बाट १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७ हजार ८०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ७ हजार ७ सय ८० जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पारेका थिए ।

युनाईटेड इदी मार्दी

युनाईटेड इदी मार्दी कम्पनीले मंसिर ३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ८ लाख १२ हजार ८३६ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

यो कम्पनीको आइपिओमा आवेदन दिने मध्य ८१ हजार २ सय ८३ जना लगानीकर्ताले समान १० कित्ता र ३ जनाले ११ कित्ताका दरले शेयर हात पारेका थिए ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २९ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

कम्पनीको आइपीओमा आवेदन दिने मध्य ५ लाख ४ हजार लगानीकर्ताले समान १० कित्ताका दरले शेयर हात पारेका थिए ।

चन्द्रागिरी हिल्स

चन्द्रागिरी हिल्सले पुष २४ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

यो कम्पनीको आइपीओमा आवेदन दिने मध्य १ लाख ५३ हजार ४०८ जनाले समान १० कित्ता र १ जना लगानीकर्ताले ११ कित्ता शेयर हात पारेका थिए ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’ कम्पनीले माघ २ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीको आइपीओमा ५० कित्ता भन्दा बढि आवेदन दिने सबै लगानीकर्ताहरुले न्यूनतम ५० कित्ता र अधिकतम ६० कित्ता सम्म शेयर हात पारेका थिए ।

ग्रीनलाईफ हाइड्रोपावर कम्पनी

कम्पनीले माघ २३ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो कम्पनीको आइपीओमा आवेदन दिने मध्य ३ लाख २५ हजार १६३ जनाले समान १० कित्ता र २ जना लगानीकर्ताले ११ कित्ता शेयर हात पारेका थिए ।

महिला लघुबित्त बित्तिय संस्था

कम्पनीले माघ ३० गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीको आइपिओमा आवेदन दिने मध्य ३७ हजार ५०० जनाले समान १० कित्ता र १ जना लगानीकर्ताले ११ कित्ता सेयर हात पारेका थिए ।

ज्योती लाईफ इन्स्योरेन्स

ज्योती लाइफ इन्स्योरेन्सले फागुन २१ गतेबाट १०० रुपैयाँ अंकित मूल्यका ६६ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीको आइपिओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात परे । जसमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।

सिंगटी हाइड्रो इनर्जी

सिंगटी हाइड्रो इनर्जीले चैत ६ गतेबाट १०० रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । कम्पनीको आइपीओ २ लाख ६९ हजार ७०० जनाले १० कित्ताको दरले शेयर पाए ।

रुरु जलविद्युत

रुरु जलविद्युतले चैत २० गतेबाट प्रिमियम मूल्यमा १२० रुपैयाँ मूल्य भएको ३ लाख ७९ हजार १६७ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको थियो । यद्यपी यस कम्पनीको शेयर बाडफाँड भने २०७८ सालमा मात्रै हुने भएको छ ।

१६ कम्पनीका आइपीओ पाइपलाइनमा

२०७८ सालमा पनि १६ कम्पनीका आइपीओ पाइपलाइनमा छन् । जसमा १३ वटा जलविद्युत् र ३ वटा अन्य समूहका कम्पनी रहेका छन् । जस मध्ये भोटेकोशी जलविद्युतले सबैभन्दा बढि १ करोड ५० लाख कित्ता आइपीओ निष्कासनको अनुमति माग गरेको छ ।

जलविद्युत् बाहेक अन्य तीन कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र डिस मिडिया नेटवर्क छन् । यी कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन अनुमति मागेका छन् ।

आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये साहस ऊर्जा लिमिटेड, सामलिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, मध्यभोटेकोसी जलविद्युत् रहेको छ ।

त्यस्तै, न्यादी हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवैखाले शेयर निष्कासन गर्नेछन् । मैलुङ खोला जलविद्युत्ले भने सर्वसाधारणका नाममा शेयरनिष्कासन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here