‘फोहररहित विश्व अभियान’मा कोकाकोलाको सहयोग निरन्तर रहने

काठमाडौं, २३ जेठ – विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर फोहररहित विश्व अभियानमा सहयोग निरन्तर रहने बताएको छ ।

‘वल्र्ड वीथआउट वेस्ट’ नाम दिइएको सो अभियानअन्तर्गत सन् २०३० सम्म बिक्री गरिएको प्याकेजिङको शत प्रतिशत संकलन र रिसाइकल गर्ने कोकाकोलाको प्रतिबद्धता छ । यसलाई हासिल गर्न कम्पनीले पोर्टफोलियो विस्तार गर्दै सम्पूर्ण प्याकेजि रिसाइकल गर्न यसको डिजाइनमा केन्द्रित गरको कम्पनीले बताएको छ ।

स्थानीय समुदाय, गैर–सरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गर्न र त्यसलाई सम्बन्धित ठाँउमा पु¥याउनका लागि थप कार्यक्रम तथा सहयोग गर्ने पनि उसको भनाइ छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कोकाकोला नेपालले आफ्ना सम्पूर्ण साझेदारी संस्थाहरु संयूक्तरुपमा रिसाइक्लिङका लक्ष्य हासिल गर्न प्रयत्न गरिरहेको बारे जानकारी दिएको हो ।

कोका–कोलाका साउथ वेस्ट एशियाको अपरेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने ‘विश्व वातावरण दिवस मनाउने एउटा उत्तम तरिका भनेको वातावरणमा हाम्रो व्यक्तिगत फुटप्रिन्टहरु स्वयम मूल्याङकन गरेर हामीले त्यस्ता समस्याहरु भन्दा पनि समाधानका लागि व्यक्तिगत रुपमा के गर्न सक्छौँ भन्ने कुरा पहिचान गर्ने हो । यहि कुरा हाम्रो संस्था, समुदाय तथा विश्वमै लागु हुन्छ ।’

कोका–कोला नेपालले तथा बोटलिङ पार्टनर बोटलर्स नेपालले हालै नेपाली सेना, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस.पी.सि.सि.सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठूलो अभियानको सुरुवात गरेको थियो ।

कम्पनीले दुई पीईटी रिसाइक्लिङ प्रोजेक्ट – नगरमित्र तथा रिसाइक्लर साथीसँग सहकार्य गरेको घोषणा गरेको छ ।
पीईटी रिसाइक्लिङ पहलको रुपमा, कोका–कोला, जीआईजे, जीएमबीएच–जर्मनी, गणेशा इकोस्फ्यर लिमिटेड–इन्डिया, एचसीआई–नेपालले काठमाडौंलाई हरित बनाएर कानुनी, जिम्मेवार तथा वातावरण मैत्री पीईटी रि–कलेक्सन प्रणाली स्थापना गर्न साझेदारी गरेको हो ।

यस प्रोजेक्टले जिम्मेवार आपूर्ति श्रृंखला विस्तार गर्न, महिलाहरुका लागि हरित रोजगारी सृजना गर्न, अफसाईट काम गर्न कामदारहरुलाई एकमुष्ट समायोजन गरेर उद्यमको व्यवस्था गर्न प्रयासरत रहेको बताईएको छ ।

कोका–कोला नेपालले हिमालय क्लाइमेट इनिसियटिभ र विश्व वन्यजन्तु कोषको सहकार्यमा चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक मुक्त संरक्षण क्षेत्र घोषण गर्न सहयोग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here