आत्मनिर्भरता र समृद्धि नारामै, ९ महिनामा भित्रियो ३९ अर्बको धान-चामल

काठमाडौं, १४ बैशाख । कृषिप्रधान मुलुक भनिने नेपालले पछिल्लो ९ महिनामा ३९ अर्ब रुपैयाँ बढीको चामल आयात गरेको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो ।

चालू आर्थिक वर्षको ९ महिना (साउन–चैत्र) मा कुल ३९ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भएको छ । सो मूल्यमा १ अर्ब ५ करोड केजी चामल आयात भएको भएको थियो ।

चालू आवको सो अवधिमा १४ अर्ब ३५ करोड रुपैयाँ बराबरको धान आयात भएको छ । साथै २१ अर्ब रुपैयाँ बराबरको ननपोलिस चामल आयात भएको छ ।

यस्तै २ अर्ब रुपैयाँ हाराहारीमा ब्राउन चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । १ अर्ब २३ करोड रुपैयाँ बराबरको धानका विउ आयात भएको पाइएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को सो अवधिमा २९ अर्ब ९० करोड रुपैयाँ बराबरको चामल तथा धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आवमा कुल ३३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भएको थियो ।

आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ । नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गर्छ । जुन चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ । बर्खे धान पहाडी क्षेत्रमा धेरै रोपिन्छ ।

नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here