असारसम्म सबै स्थानीय तहमा बैंक पुग्ने

क्लाउडपत्रिका

काठमडौं । आगामी असारसम्म सबै स्थानीय तहमा वाणिज्य बैंक पुग्ने भएका छन् । हालसम्म बैंक नपुगेका ३ सय ५९ स्थानीय तहमा ०७५ असारभित्र शाखा स्थापना गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले तोकिएको समयमा आफूले प्रस्ताव गरेकोे स्थानीय तहमा शाखा स्थापना नगर्ने बैंकलाई कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

मुलुक संघियतामा गएपछि बनेका ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९५ मा पहिले नै वाणिज्य बैंकका शाखा पुगिसकेका थिए । चैत दोस्रो साता यो संख्या बढेर ३ सय ९४ पुगेको छ । बा“की २ सय ४३ स्थानीय तहमा बैंकहरुले स्वऐच्छिक रुपमा शाखा स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए । थप १ सय १६ स्थानीय तहमा शाखा स्थापना गर्न अहिले बैंकहरुले राष्ट्र निर्देशन दिएको हो ।

सबै स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक पु¥याउने सरकारको लक्ष्य अनुसार शाखा स्थापनाका लागि बैंकहरुलाई राष्ट्र बैंकले यसअघि पनि निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा बैंकहरुले स्वऐच्छिक रुपमा केही स्थानीय तह छनौट गरी शाखा स्थापना गरिसकेको छन् भने केहीमा प्रतिवद्धता जनाएका छन् । यति गर्दा पनि दुर्गम र अत्यावश्यक पुर्वाधार नपुगेको भनिएका १ सय १६ वटा स्थानीय तहमा शाखा स्थापना गर्न कुनै बैंकले पनि रुची देखाएका थिएनन ।

अहिले राष्ट्र बैंकले २७ वटा वाणिज्य बैंकलाई तीनै १ सय १६ वटा स्थानीय तह भागवण्डा गरी शाखा स्थापना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गरी तोकिएको समयभित्र आफ्नो भागमा परेको स्थानीय तहमा शाखा स्थापना गर्न निर्देशन दिएको हो ।

यसैगरी, बैंकहरुले स्वऐच्छिक रुपमा शाखा स्थापना गर्न यसअघि प्रतिवद्धता जनाइसकेका २ सय ४३ स्थानीय तहमा आउ“दो बैशाख (०७५ वैशाख) भित्रै शाखा स्थापना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । शाखा स्थापनाको प्रगति विवरण बैंकहरुले हरेक १५÷१५ दिनमा राष्ट्र बैंकमा बुझाउनु पर्ने भएको छ ।
स्थानीय तहमा शाखा स्थापना गर्दा बैंकहरुले राष्ट्र बैंकबाट पुर्व स्वीकृति लिनु पर्दैन । शाखा स्थापना भएपछि जानकारी मात्र दिनुपर्छ । यसैगरी स्थानीय तहमा शाखा स्थापना गरेबापत बैंकहरुले एक वर्षका लागि प्रतिशाखा १ करोड रुपैया“ निब्र्याजी ऋण पाउ“छन ।

बैंकहरुलाई स्थानीय निकायमा शाखा खोल्न प्रोत्साहन गर्न राष्ट्र बैंकले सम्बन्धीत बैंकलाई सरकारी कारोबार लगायत विशेष सुविधा दिएको छ । स्थानीय निकायमा अस्वस्थ्य प्रतिश्पर्धा नहोस भन्ने उद्देश्यले पहिलो शाखा खुलेपछि ३ वर्ष सम्म अर्को बैंकले शाखा खोल्न नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here