Tag: NRB

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षरसहितकाे ५ काे नाेट बजारमा

नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट आज मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ ।

८ महिनामा भित्रियाे साढे १० खर्ब बढीकाे रेमिट्यान्स

गत आर्थिक बर्षको साेहि अवधिको तुलनामा यस्तो रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढि हाे । चालू आवको ८ महिनामा रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय पैसा धेरै भएपछि राष्ट्र बैंकले आज ५० अर्ब झिक्दै

राष्ट्र बैंकले आज बुधबार फेरि ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि पैसा झिक्न लागेको हो ।

डेनिस क्रोनर फागुन मसान्तभित्र सटहि गर्न राष्ट्र बैंककाे आग्रह

राष्ट्र बैंकले स्‌न २०२५ मे ३१ पश्चात डेनमार्कको केन्द्रिय बैंकले खारेज गरेका त्यहाको मुद्रा आफुसँग भए सटही गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नागरिकसँग डेनिस क्रोनर (डीकेके) भए यही फागुन मसान्तभित्र (सन् २०२५ मार्च १३) सटही गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

तरलता व्यवस्थापन गर्न आज पनि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंकले

राष्ट्र बैंकले आज आइतबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको बताइएको छ ।

तरलता व्यवस्थापन गर्न आज राष्ट्र बैंकले बजारबाट ४० अर्ब झिक्दै

निक्षेप संकलन खरिदका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

तरलता व्यवस्थापन गर्न आज पनि राष्ट्र बैंकले बजारबाट ७० अर्ब झिक्दै

बैंकले आज (आइतबार) बजारबाट ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाइएको छ ।

तीन बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय

नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजतपत्रप्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेलाई 'समस्याग्रस्त संस्था' घोषणा गरिएको छ ।

आज फेरी बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक, तरलता व्यवस्थापन गर्न...

निक्षेप बढिरहेका बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता ऋण दिन मिल्ने रकम थुप्रिएको छ ।

विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब पुग्यो

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।