कोभिड-१९ को दोस्रो लहरको धेरै असर उत्पादन रोजगारीमा

काठमाडौं, ७ जेठ । कोभिड १९ को दोस्रो लहरको सबैभन्दा धेरै असर उत्पादन र रोजगारी क्षेत्रमा परेको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धि अध्ययन प्रतिवेदनमा सबैभन्दा धेरै असर उत्पादन र रोजगारी क्षेत्रमा परेको देखिएको हो ।

कोभिड १९ को दोस्रो लहर र यसलाई नियन्त्रण तथा रोकाथामको लागि जारी गरिएको निषेधाज्ञा कारण उत्पादन रोजगारीमा ठुलो संख्यामा कटौती भएको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/ व्यवसायहरुले २०७८ बैशाखमा ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ ।

मझौला तथा ठूला उद्योग/व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ ।

पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग/व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेको कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान छ ।

कोभिड महामारी पूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा चार दशमलव एक प्रतिशत मात्र उद्योग, व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१ दशमलव दुई प्रतिशत पुगेको देखिएको छ ।

सर्वेक्षणमा सहभागी विद्युत्, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शत प्रतिशत उद्योग, व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ ।

हालसम्म पनि चार दशमलव दुई प्रतिशत उद्योग, व्यवसायहरु सञ्चालनमा आउन नसकेकोे प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरुको उत्पादन, कारोबारको अवस्थामा पनि सुधार आएको छ ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन, कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१ दशमलव चार प्रतिशत पुगेको छ ।

गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन, कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोवारको स्थिति ४० दसमलवव आठ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरु भन्दा सवैभन्दा कम हो ।

गत २०७७ असारको तुलनामा उद्योग, व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएता पनि कोभिड महामारी अगाडिको अवस्थामा भने अझै पुग्न सकेको छैन ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७ दशमलव चार प्रतिशत रोजगारी प्रदान गरेका उद्योग, व्यवसायहरुले २०७८ बैशाखमा ९३ दशमलव आठ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ ।

मझौला तथा ठूला उद्योग, व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ ।

पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग, व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेकोकारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here