उपत्यकामा आजदेखि ‘स्मार्ट लकडाउन’, के-के खुल्छ ? यी क्षेत्रमा कडाई

फाइलफोटो

काठमाडौं, ८ असार । आइतबार उपत्यकाका तीन प्रमुख जिल्लाका अधिकारीहरूको संयुक्त बैठकले थप गरेको निषेधाज्ञा आजदेखि लागू भएको छ ।

निषेधाज्ञा थपे पनि पहिलाको तुलनामा भने निकै राहत दिइएको छ । आजदेखि जोर-बिजोरका आधारमा निजी गाडी सञ्चालन हुन थालेका छन् । यद्यपि सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन ।

पसल बार अनुसार खोल्न पाइने भएको छ । आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न पाइनेछ ।

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाइनेछ ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् ।

हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् ।

शपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल सोमवार, बुधवार र शुक्रवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने भएको छ ।

सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन क्षेत्र, सैलुन, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, दर्शकसहितका खेलकुद तथा भिडभाडका कार्यक्रम सञ्चालन गर्न पाइने छैन । फुटपाथको व्यापार पनि रोक लगाइएको छ ।

सार्वजनिक गाडी आउँदो १४ गते रातिसम्म सञ्चालनमा रोक लगाइएको छ । पठनपाठन अनलाइन तथा वैदेशिक अध्ययन र डीभी परेका व्यक्ति तथा कुटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यक्रम सञ्चालन हुनेछन् । यसअघि जारी भएका पास खारेज भएका छन् ।

शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

औषधी तथा स्वास्थ्य सामग्री भने चौबीसै घन्टा उपलब्ध हुनेछ ।

अबदेखि विवाह र ब्रतबन्धमा जनस्वास्थ्य मापदण्ड पालना गरी १० जनासम्म सहभागी हुन पाउनेछन् । विवाह र ब्रतबन्धमा दुईवटा सवारी साधनमात्र प्रयोग गर्न पाइनेछ ।

बैंक, वित्तीय संस्था, बीमा, सहकारी, गैरसरकारी संस्था जनस्वास्थ्य मापदण्ड पालना गर्दै कम जनशक्ति खटाइ सञ्चालना गर्न पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here