वर्षायाम : एकै समयमा दुईभन्दा बढी सङ्क्रमणको जोखिम, कसरी जोगिने ?

काठमाडौं । वर्षायाम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने परजिवीका कारण डेँगु, मलेरियाजस्ता रोग लाग्ने सम्भावना बढी हुन्छ । अहिलेको समयमा कोभिडको जोखिम पनि उत्तिकै छ । र, दुईवटा रोगको संयोजन अत्यन्त घातक हुने कुरा विशेषज्ञहरु बताउछन् ।

कोभिड १९ले श्वासप्रस्वासमा समस्या निम्त्याउनुका साथै शरीरको प्रत्येक भागहरूमा असर पारिरहँदा डेँगुले यसलाई निको पार्न अझ गाह्रो बनाउने गर्छ । एक व्यक्तिमा दुई वा सोभन्दा बढी भाइरसका कणले स्वस्थ कोषमा एकै समयमा सङ्क्रमण गरी दुई वा बढी रोग लागेमा यसलाई कोइन्फेक्सन भनिन्छ ।

कोभिड १९ महामारीको समयमा, कोइन्फेक्सनका धेरैजसो केसहरू रिपोर्ट गरिएको छ । वर्षायाम सुरुभएसँगै कोभिड र डेँगुको जोखिम बढी हुनेगर्छ । एकै मानिसलाई कोभिड र डेँगु भएका यसले उपचारमा समस्या ल्याउनुका साथै गरेको उपचार पनि प्रभावकारी नहुने बताइएको छ । दुवै रोगको धेरैजसो लक्षणहरू मिल्दोजुल्दो भएको कारण रोग पहिचान गर्नसमेत गाह्रो हुने हुन्छ ।

ज्वरो, थकान, टाउको दुखाइ, जोर्नी र मांसपेशिको दुखाइ डेँगुको लक्षणहरू हुन् जुन कोभिडका बिरामीहरूमा पनि देखा पर्न सक्छ । कहिलेकाँही डेँगुका बिरामीहरूले वाकवाकी आउने वा बान्ता हुने पनि हुनसक्छ, जुन कोभिडमा पनि देखिनेहुन्छ । कोभिडका बिरामीमा छालामा समस्या पनि हुन सक्छ, जुन डेँगुको बिरामीमा पनि देखिने हुनसक्छ ।

ज्वरो, थकान र शरीर दुखाइले रोगको फरक छुट्याउन गाह्रो हुन सक्ने भएपनि सुक्खा खोकी, घाँटीको दुखाइ, गन्ध र स्वादको क्षति, श्वासप्रश्वासका समस्या कोभिडका लक्षणहरू हुन्, जुन डेँगुका बिरामीहरू देखिने सम्भावना कम हुन्छ ।

कसरी जोगिने ?

डेँगु र कोभिडको सङ्क्रमणबाट बच्नका लागि मास्कको प्रयोग गर्ने, हात धुने सामाजिक दुरी अपनाउने, बिरामी भएमा घरमा बस्ने, हाच्छिउँ गर्दा वा खोक्दा मुख छोप्ने, अनावश्यक भिडभाडबाट बच्ने गर्नुपर्छ ।

यसबाहेक लामखुट्टेको टोकेबाट सर्ने रोगबाट बच्नका लागि पानी जम्ने ठाउँलाई सफा गर्ने, पुर्ने वा सुक्खा राख्ने, लामखुट्टे प्रजनन गर्ने ठाउँलाई नष्ट गर्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ । साथै, राति सुत्दा झुलको प्रयोग गर्ने, हात खुट्टा छोपिने लुगा लगाउने, रिपेलेन्ट क्रिमको प्रयोग गर्न सकिन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here