काठमाडौं-तराई मधेश द्रुतमार्गको भौतिक प्रगति १६ प्रतिशत, २५ अर्ब ३९ करोड खर्च

काठमाडौं, १५ साउन । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को काम तोकिएको समयमा पूरा गर्ने लक्ष्यसाथ अघि बढाइएको जनाएको छ।

शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्यप्रगति सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष ०७७र७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य भएको सेनाले जनाएको छ । निर्माणधिन काठमाडौँ-तराई/मधेश द्रुतमार्ग (एक्सप्रेस वे) भौतिक १६.१० प्रतिशत र वित्तिय तर्फ १४.५१ प्रतिशत प्रगति हासिल गरेको छ ।

८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिए ।

उनले आ।व। ०७६र७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आ.व. ०७७/०७८ मा आयोजनाको कुल कार्य अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भएको बताए । त्यस्तै, आयोजनाको कुल कार्यको १६।२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको उनले स्पष्ट पारे ।

अयोजनाको स्वीकृत डीपीआरअनुसार १७५ अर्ब लागत अनुमान रहेकोमा आयोजनाको सुरुबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको उनले बताए । आयोजनाको हालसम्मको भौतिक प्रगति १६.१० रहेको आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले बताए ।

काठमाडौं-तराईरमधेस द्रुतमार्ग सडकखण्ड आयोजनाको कुल लम्वाई ७२.५ किमी मध्ये तीनवटा सुरुङ मार्गको जम्मा लम्बाइ ६.४१ किमि, विभिन्न पुलहरूको लम्बाइ १०.५९ किमि र खुद सडक खण्डको लम्बाइ ५५.५ किमि रहेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए ।

उनले यसमध्ये आयोजनाको ४४.१ किमि सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्नेरपुर्ने कार्यहरू हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए ।

पहुँच मार्ग एवं बेलिब्रिज निर्माण कार्य पनि भइरहेको बताए । नेपाली सेनाले आयोजनाको आवश्यकताअनुरूप ५ हजार १ सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकोमा ४ हजार ७ सय ४५ रोपनी जग्गा प्राप्ति भएको र हालसम्म ४२७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ ।

रुख कटान तथा व्यवस्थापन सम्बन्धि कार्य शतप्रतिशत रुपमा सम्पन्न भएको छ । रुख कटान भए अनुसार १:२५ को अनुपातमा बृक्षारोपण गर्ने कार्य अनुसार असार मसान्तसम्म २ लाख ४९ हजार बढी वृक्षारोपण गरिएको पनि जनाएको छ ।

आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन तथा सुरुङ मार्ग र पुल निर्माणसम्बन्धमा केही परिमार्जन भए अनुरुप पूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति भई काम अघि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here