तालिबानलाई सफल बनाउन सामाजिक सञ्जालको भूमिका हतियार जत्तिकै सहयोगी

काठमाडौं । यस वर्षको ‘मे’ को शुरुवातमा जब अफगानिस्तानबाट अमेरिकी र नाटो सेना फिर्ता लिने प्रक्रिया सुरु भएसंगै तालिबानले अफगान राष्ट्रिय सुरक्षा बल बिरुद्ध आफ्नो आक्रमणलाई तीव्र बनायो ।

त्यसपछि उनीहरुले यस्तो काम पनि गरे जुन तालिबानको इतिहासमा पहिले कहिल्यै भएको थिएन । उनीहरुले सामाजिक सञ्जालमा एउटा अभियान सुरु गरे ।

तालिबानले नयाँ नामबाट सामाजिक सञ्जालमा धेरै नयाँ खाताहरु बनाए, साथै उक्त खाताबाट अफगानिस्तानमा निर्वाचित सरकारको कथित असफलताका घटना शेयर गर्दै जनताको ध्यान आकर्षित गर्ने काममात्रै गरे । साथै, त्यसै खाताबाट तालिबानका उपलब्धीलाई समेत शेयर गरे ।

यस सञ्जालसंग सम्बन्धित खाताबाट ठूलो स्वरमा सामाजिक सञ्जाल ट्विटरमा तालिबान सफलताको झण्डा लहरायो । जसमा ‘तालिबान अफगान जनताको मद्दत र भगवानको आर्शिबादबाट विजय नजिकै छ’ भन्ने ट्रेण्ड चलाईयो ।

यसमा अफगान सरकारले गरेका अपराधिक कार्यहरुका विषय र भिडियो मात्रै शेयर हुन्थे ।

सामाजिक सञ्जाल मोर्चा

त्यसको जवाफमा अफगानिस्तानका तत्कालीन उपराष्ट्रपति अमरुल्लाह सालेहले आफ्ना सुरक्षा बल र जनतालाई सामाजिक सञ्जालमा भनिएको तालिबानको विजयी दावीलाई ध्यान नदिन आग्रह गरेका थिए ।

तर, तालिबानले हतियारको साथसाथै प्रविधिलाई पनि समान रुपमा प्रयोग गर्यो जसले तालिबान सदस्यको साथसाथै अफगानी जनतामा कडा प्रतिरोधको भावनाको विकास गर्यो ।

तालिबानले सामाजिक सञ्जाल नामक हतियारको प्रयोग गरी आफ्नो सन्देश र आफ्नो संगठन देशभक्त रहेको कुरा हरेक अफगानी जनतासामु पुर्यायो ।

जब, सन् १९९६ मा तालिबान पहिलोपटक अफगान सत्तामा आयो तब यसले इण्टरनेट माथी प्रतिबन्ध लगायो । यसका साथै टेलिभिजन सेट, क्यामेरा र भिडियो टेप नष्ट गर्नुका साथै जफत समेत गरे ।

तालिबान विचारधारा

सन् २००५ मा तालिबानले ‘इस्लामिक इमिरेट्स को पहिलो आधिकारीक वेबसाइट ‘अल९इमराह’ शुरू गर्यो । यसमा अंग्रेजी, अरबी, पश्तो, दारी र उर्दू गरी पाँच भाषामा सामग्रीहरु उपलब्ध हुन्थे ।

तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदको नेतृत्वमा अफगानिस्तानको इस्लामिक इमिरेट्स ९आइईए० को एक सांस्कृतिक आयोगले यस वेबसाइटमा प्रकाशित अडियो, भिडियो र पाठको निरीक्षण गर्दछ ।

जबीहुल्लाह मुजाहिदको पहिलो ट्विटर खाता निलम्बित भएको थियो । तर, त्यस पछि उनले नयाँ खाता बनाए । यो नयाँ खाता सन् २०१७ देखि चल्दै आएको छ र उनको ३ लाख ७१ हजारभन्दा धेरै फलोअर्स छन् ।

उनको नेतृत्वमा स्वयंसेवकहरुको एक समर्पित टोली तालिबान विचारधारा को प्रचार गर्दछ । आईइएको सोशल मिडियाको आधिकारिक जिम्मेवारी कारी सईद खोस्ती नाम गरेका व्यक्तिसंग छ ।

कारी सईद खोस्तीले भने कि उनको टोलीमा बिभिन्न समूहहरु छन् जो ट्विटरमा केन्द्रित छन् ।

उनीहरु तालिबान को ह्यासट्याग को ट्रेंड गर्न को लागी कोशिश गर्छन् । तिनीहरूको काम व्हाट्सएप र फेसबुक मा तालिबान को सन्देश फैलाउने हो ।

‘हाम्रा शत्रुहरुसंग टेलिभिजन, रेडियो, सामाजिक सञ्जालमा खाता प्रमाणित छन् र हामीसंग केहि छैन । तैपनि हामी लड्यौं र फेसबुक र ट्विटर मा उनीहरुलाई हराएका छौं ।’ उनले भने ।

आफ्नो कामको बारेमा, कारी सईद खोस्तीले भने ‘विचारधाराबाट प्रभावित भएर जो तालिबानमा समावेश हुन्छन्, हामी उनीहरुलाई सामाजिक सञ्जालबाट यी सबै सूचना शेयर गछौं, जसकारण यो सूचना झनै फैलन्छ ।’

अफगानिस्तानमा ८६ लाभन्दा धेरै मानिस इन्टरनेटको पहुँचमा छन् ।

तालिबानको प्रोपोगाण्डा भिडियो

कारी सईद खोस्तीका अनुसार आइईएका सदस्यहरुलाई हरेक महिना डेटा प्याक किन्नको लागि प्रतिव्यक्ति अफगानी १००० रुपैयाँ दिने गरिन्थ्यो । जसको सहयोगमा उनीहरु इन्टरनेटको लडाईं जारी राख्न सकुन् ।

कारी सईद खोस्टीले उनको कामको प्रशंसा गर्दै भने, ‘हामीसंग अहिले चार मल्टिमिडिया स्टुडियोहरु छन् जसमा अडियो, भिडियो र डिजिटल ब्रान्डिङ गरिन्छ ।

तालिबान लडाकुहरुलाई विदेशी र सरकारी सुरक्षा बलको बिरुद्धको सहयोग गर्ने उच्च श्रेणी धेरैे यूट्यूब र अल९अमराह को वेबसाइटहरु उपलब्ध छन् ।

तालिबान संग सम्बन्धित सामग्री ट्विटर र यूट्यूब मा ठूलो मात्रा मा प्रकाशित छ । तर, फेसबुकले तालिबानलाई ‘खतरनाक संगठन’ को रुपमा वर्गीकृत गरेको छ । यसैले फेसबुकले यस्ता खाताहरु नियमित रुपमा हटाउने गर्छ ।

ट्वीटरमा सक्रिय तालिबान

फेसबुकले आफ्नो प्लेटफर्ममा तालिबान सम्बन्धी सामग्रीमा प्रतिबन्ध गर्ने कुरा जारी राखेको छ ।

कारी सईद खोस्तीले भने, ‘तालिबानलाई फेसबुकमा उपस्थिति कायम राख्न धेरै गाह्रो भइरहेको छ, त्यसैले हाम्रो ध्यान ट्विटरमा बढी छ ।

यद्यपि अमेरिकी विदेश विभागले हक्कानी नेटवर्कलाई एक अन्तर्राष्ट्रिय आतंकवादी संगठनको दर्जा दिएको छ, यस सञ्जालका नेता अनस हक्कानी र धेरै सदस्यहरुको ट्विटरमा खाताहरु छन् र हजारौं फलोअर्स छन् ।

बीबीसी हिन्दीबाट अनुवाद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here