पिसाब रोक्ने बानी छ ? हुनसक्छ यस्तो समस्या

काठमाडौं । एक व्यक्तिका लागि प्रतिदिन ६ देखि सात पटकसम्म पिसाब गर्नु औसत मानिन्छ । दिनको चार पटक देखि धेरैमा १० पटकसम्म शौचालय जानुलाई पनि सामान्य मान्न सकिन्छ । मानिसहरूले केही घण्टासम्म पिसाब रोकेर राख्न सक्छन् ।

लामो दुरीको यात्रा गर्दा वा अन्य कुनै कारणले केही समयसम्म वा एक दुई पटक पिसाब रोक्ने बानीले खासै फरक नपर्न सक्छ । तर, नियमित रूपमा पटक/पटक र घण्टौँ पिसाब रोक्ने बानी मिर्गौलाको स्वास्थ्यको लागि उचित हुँदैन ।

यसले मिर्गौलामा जटिलता निम्त्याउन सक्छ । लामो समयसम्म पिसाब रोकेमा पिसाब पुनः मिर्गौलामा फर्किन सक्छ जुन मिर्गौलाको लागि हानिकारक हुनसक्छ । पिसाब रोक्नाले पिसाब थैलीको मांसपेशी तन्किने हुन्छ ।

जसकारण नियन्त्रण गर्न सक्ने अवस्था सिर्जना भइ पिसाब रोक्न गाह्रो हुने, पिसाब चुहिने, खोक्दा वा हाँच्छिउ गर्दा पिसाब चुहिनेलगायतका समस्याको विकास हुनसक्छ ।

१० घण्टा वा सोभन्दा बढी समय पिसाब रोक्नाले मूत्राशयका मांसपेशीहरू आराम गर्न सक्दैनन् । साथै, लामो समयसम्म पिसाब रोक्नाले पिसाब पुनः माथितिर फर्केर मिर्गौला सुन्निने र पिसाब थैलीमा सङ्क्रमण (युरिनेरी ट्राक्ट इन्फेक्सन) गराउन सक्छ ।

केही अवस्थामा लामो समय पिसाब रोक्नाले पिसाब थैली फुट्नेदेखि लिएर मिर्गौलामा क्षति समेत पुर्‍याउन सक्छ ।

यो प्राणघातकसमेत हुने हुँदा यसको उपचार तत्काल गर्नुपर्ने हुन्छ ।

यसबाहेक पहिलादेखि मिर्गौलाको समस्या भएका, सङ्क्रमण भएका, गर्भवती महिला, प्रोस्टेटको समस्या भएका मानिसले पिसाब रोकेमा थप जटिलता निम्तन सक्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here