सन् २०३० सम्म कार्बन उत्सर्जन ४५ प्रतिशत नघटे ठूलो संकटको सामना गर्नुपर्ने

काठमाडौं । संयुक्त राष्ट्र संघको एक रिपोर्टले विश्वव्यापी तापमान वृद्धिले मानव जातिले ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

हालै सार्वजनिक आईपीसीसीको एक रिपोर्टले यो शताब्दीमा वैश्विक तापक्रम १.५ डिग्री सेन्टिग्रेड भन्दा बढ्न दिएमा मानव जातिका लागि ठूलो संकट उत्पन्न हुने जनाएको हो ।

यो आँकडा अर्थात् १.५ डिग्री सेन्टिग्रेडभन्दा तापक्रम बढ्न नदिन सन् २०३० सम्म कार्बन उत्सर्जन ४५ प्रतिशतले घट्नु पर्नेछ।

तर, सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देशहरूले नै यसका लागि वृहत् योजना बनाएका छैनन् भने बनेका योजनाहरू राम्रोसँग कार्यान्वयन भएका छैनन् ।

विभिन्न देशहरूले १.५ डिग्री सेन्टिग्रेड तापक्रमको सीमा नाघ्न नदिन आवश्यक रहेको भन्दा दोब्बर जीवाश्म इन्धन उत्पादन गर्ने संयुक्त राष्ट्र सङ्घको वातावरणीय कार्यक्रमको उत्पादन अन्तर रिपोर्टले जनाएको हो।

तेल र ग्याँस उत्पादनमा भारी वृद्धि हुने र कोइलाको उत्पादन मात्रै केही हदसम्म घट्ने रिपोर्टमा उल्लेख छ । कोप २६ जलवायु सम्मेलन आउनै लागेका बेला यो नयाँ रिपोर्ट सार्वजनिक भएको हो।

बढ्दो तापमानका कारण विश्वभरमा मौसमसँग जोडिएका विपद्ले गम्भीर आपतका घटनाहरु सामने आउने प्रतिवेदनमा उल्लेख छ ।

वायुमण्डललाई तताउने ग्यासको उत्सर्जन जुन रुपले भइरहेको छ त्यसले गर्दा अबको दुई दशकमै तापमानले सीमा नाघ्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।

यो शताब्दीको अन्त्यसम्ममा समुन्द्रको जलस्तर लगभग दुई मिटर बढ्ने प्रतिवेदनमा औंल्याइएको छ ।

मावनजातिले भोग्नु पर्ने संकटसँगै वैज्ञानिकहरुले कार्बन उत्सर्जनमा ब्यापक कटौती गर्नसके तापमानलाई स्थिर गर्न सक्ने आशा पनि औंल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here