अमेजनको वन विनाश १५ वर्षयताकै उच्च, विश्वव्यापी तापक्रम अझै बढ्ने

काठमाडौं, ३ मंसिर । विश्वको जलवायु सन्तुलनका निम्ति अत्यन्तै महत्वपूर्ण मानिने अमेजनको वनजङ्गल क्षेत्र तीव्र गतिमा विनाश भइरहेको तथ्याङ्कहरूले देखाएका छन् ।

यो गति विगत १५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।

ब्राजिलको अन्तरिक्ष अनुसन्धान एजेन्सी (इनपे) को प्रतिवेदनअनुसार पछिल्लो एक वर्षमा वनफडानी २२ प्रतिशतले बढेको छ।

हालै सम्पन्न भएको कोप–२६ मा सन् २०३० सम्ममा वनफडानी अन्त्य गर्ने र वन क्षेत्र पुनःस्थापित गर्ने सम्झौतामा हस्ताक्षर गर्ने देशहरुमध्ये ब्राजिल पनि एक हो। तर विश्वकै ठूलो रेनफरेस्ट अमेजनमा फडानी निरन्तर जारी छ।

ब्राजिलको अमेजन क्षेत्रमा ३० लाख थरी वनस्पति तथा जीवजन्तु पाइन्छन् । दशलाख जनजातिय समुदायको बसोबास छ ।

भू-उपग्रहबाट लिएका तस्बिरहरूले अगस्ट २०१९ र जुलाई २०२० का बीचमा मात्र झण्डै ११ हजार वर्ग किलोमिटरको जङ्गल सखाप भएको देखिएको छ ।

अमेजन वन क्षेत्रलाई विश्वकै महत्वपूर्ण कार्बन भण्डारको रूपमा मानिन्छ र यसले विश्वव्यापी तापक्रम वृद्धिको दरलाई कम गराउन मद्दत गर्ने गर्छ ।

तर वातावरण वैज्ञानिकहरू भन्छन् त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका छन् जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै तेज हुनसक्छ।

त्यहाँ रहेका अर्बौँ रुखहरूले ठूलो मात्रामा कार्बन भण्डारण गरेका र जसको अभावमा विश्वव्यापी तापक्रम वृद्धि अझै बढेर जान सक्ने वातावरण वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here