साउनयता उपत्यकामा ८ बालबालिकासहित १९४ जनाले गरे आत्महत्या

क्लाउड पत्रिका

काठमाडौं, १३ पुस । काठमाडौं उपत्यकामा आत्महत्याका घटनाहरु दिनहुँ बढ्दै गएका छन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पाँच महिना (साउन-मंसिर) सम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा १९४ जनाले आत्महत्या गरेका छन्।

जसमा ११४ जना पुरुष, ७५ जना महिला, ३ जना बालक र ५ जना बालिका रहेका छन् । त्यसमध्ये ८ जना १८ वर्ष मुनिका (बालबालिका) रहेका छन्।

तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै कात्तिक महिनामा ४७ जनाले आत्महत्या गरेका छन् ।

साउनमा बिष खाएर ३ पुरुष र २ महिलासहित ५ जना, झुण्डिएर २० जना पुरुष र ११ जना महिला र हाम फालेर १ पुरुषसहित ३७ जनाले हत्म हत्या गरेका छन् ।

भदौं महिना मा विष खाएर ४ जना पुरुष २ महिला, झुण्डिएर १४जना पुरुष ९ महिला र १ बालक, हतियार प्रयोगबाट १ जना महिला सहित ३५ जनाले आत्महत्या गरेका छन् ।

असोज महिना मा बिष खाएर ६ जना पुरुष, झुण्डिएर २४ जना पुरुष ९ महिला र १ जना बालिका , हाम फालेर १ जना पुरक्ष सहित ४१ जनाले आत्महत्या गरेका छन् ।

कात्तिक महिना मा विष खाएर ६ जना पुरुष, ३ जना महिला, झुण्डिएर १७ जना पुरुष १६ जना महिला, १ जना बालक ३ जना बालिका सहित, हतियार प्रयोगबाट १ जना पुरुषसहति ४७ जनाले आत्महत्या गरेका छन् ।

मंसिर महिना मा विष खाएर ८ जना पुरुष ४ जना महिला, झुण्डिएर १२ जना पुरुष ११ जना महिला, १ बालक र १ बालिका, हाम फालेर १ पुरुषसहित ३८ जनाले आत्महत्या गरेका छन् ।

तथ्यांक अनुसार विष खाएर र हामफालेर गरिने आत्महत्याको संख्यामा कमी आएको छ तर झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ ।

प्रहरीका अनुसार सामान्य अवस्थामा व्यक्तिगत, आर्थिक र सामाजिक कारणले आत्महत्याका घटना हुने गरेको छ ।

प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् ।

तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।

धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सीधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो ।

यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ ।

पाँच महिनामा २६३६ जनाले गरे आत्महत्या, कुन प्रदेशमा कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here