काठमाडौं, २० फागुन । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदाता नामावलीमा दाबी विरोध आह्वान गरेको छ ।
आयोगले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम फागुन २० गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन गर्न लागेको हो ।
तोकिएको समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ ।
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा दाबी विरोध गर्न सकिनेछ ।
एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाईको मौका दिन सकिने आयोगले जनाएको छ ।
उक्त प्रयोजनको लागि मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेब साईटमा हेर्न सकिनेसमेत जनाएको छ ।
७७ वटै जिल्लाका निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने गरी मिति तोकिसकेको छ ।
मतदाता नामावलीमा नाम छ कि छैन ? कसरी हेर्ने त ?
मतदाता नामावलीमा तपाइको नाम छ कि छैन यहाँ क्लिक गर्नुहोस्
१. सबैभन्दा पहिले तल दिईएको टेबलमा आफ्नो जिल्ला छान्नुहोस्।
२. त्यसपछि आफू बस्ने गाविस वा नगरपालिकाको नाम छान्नुहोस्।
३. त्यस तलको भागमा तपाईंको वार्ड नम्बर छान्नुहोस्।
४. त्यसपछि मदतान केन्द्र छान्नुहोस्।
५. त्यसपछि SUBMIT लेखेको बटन क्लिक गर्नुस्। केहीसमयपछि तपाईँको विवर छाने अनुसारको नामावली आउँछ। नामावलीमाको माथि तपाईंको आफ्नो नामको पहिलो अक्षर बाट आफ्नो नाम खोज्दा सजिलो हुनेछ।
६ . आफ्नो फोटोसहितको पूरा विवरण हेर्न आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्नेहुन्छ त्यसका लागि आफ्नो नामको पछाडि मतदाता विवरण भनेर आउँछ त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि जन्ममिति/नागरिकताको नम्बर राखिसकेपछि कुन चित्रमा क्लिक गर्ने भनेको छ त्यसमा क्लिक गरेपछि तपाईँको पूरा विवरण आउँछ।

























