एक महिनामा १२७ वटा महिला हिंसाका घटना, २१ प्रतिशत बलात्कार

काठमाडौं, २२ चैत । महिला हिंसाका घटनामा कमी आएको छैन् ।

महिला पुनर्स्थापना केन्द्र (ओरेक) को तथ्यांकमा फागुन महिनामा एक महिनामा १२७ जना महिला तथा बालिका माथि घटेका हिंसाका घटनाहरु अभिलेखिकरण भएका छन् ।

जसमा ४४ प्रतिशत घरेलु हिंसा, १४ प्रतिशत सामाजिक हिंसा, २१ प्रतिशत बलात्कार, २ प्रतिशत बलात्कारको प्रयास, १ वटा हत्या, १० प्रतिशत हत्या रहेको छ ।

२ प्रतिशत यौन दुव्र्यवहारका घटना, मानव वेचविखन २ प्रतिशत र अन्य ४ प्रतिशत रहेको छ ।

यस महिनामा अभिलेखीकरण भएका जम्मा १२७ वटा महिला हिंसाका घटनाहरुमध्ये २१ प्रतिशत (२७ वटा) बलात्कार र २ प्रतिशत (३ वटा) बलात्कारको प्रयास भएको पाईएको छ । जसमध्ये ३ जनाको बलात्कार पछि हत्या भएको पाइएको छ ।

यसरी भएका बलात्कारका घटनाहरुका प्रमुख जिम्मेबार आफ्ना वरपरका छिमेकीहरु ४८ प्रतिशत र आफुले आत्मिय मानेका साथीहरु १५ प्रतिशत रहेका छन् ।

बलात्कार भएका मध्ये सबैभन्दा बढी ५६ प्रतिशत १६ बर्षभन्दा कम उमेर समूहका बालिका तथा किशोरीहरु र १७ देखि २५ बर्ष उमेर समुहका महिलाहरु २६ प्रतिशत महिलाहरु रहेका छन् ।

महिलाहरुको समान अस्तित्वलाई नस्वीकारी उनीहरुलाई उपभोग्य वस्तुको रुपमा प्रयोग गरिएकै कारण हरेक उमेर समूहकामहिला तथा किशोरीहरु दिनप्रतिदिन बलात्कारबाट प्रभावित हुन बाध्य रहेको ओरेकले बताएको छ ।

नेपालको संविधानले बलात्कार लगायत महिलामाथि हुने सबैप्रकारका हिंसालाई कानुनी रुपमा दण्डनीय बनाई प्रभावित÷पीडितले कानुन बमोजिम न्याय तथा क्षतिपुर्ति प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ ।

यद्यपि हिंसाका घटनाहरु नियन्त्रण हुन सकिरहेको छैन । महिलाको शरीर महिलाको आफ्नो नियन्त्रणमा नहुनु, यौनिकतामाथिको नियन्त्रण, परिवारको इज्जत जोगाउने जिम्मा महिलालाई दिईनु, महिलाको पहिचानलाई उनको यौनिकतासँग दाँजेर हेर्ने सोच समाजमा विद्यमान बढ्दो ‘बलात्कार’ का घटनाका लागि जिम्मेवार देखिन्छन् ।

महिलामाथि हुने हिंसा रोकथाम तथा प्रभावितका सहयोगका लागि केहि स्थानीय तहले हिंसाको उजुरी गर्ने तथा प्रभावितलाई सुरक्षित तवरले सुरक्षित आवासको सेवा प्रदान गर्ने कार्य शुरु गरिसकेका छन् ।

हिंसा प्रभावितका लागि स्थापना भएका सहयोगी संयन्त्रहरुले हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई निरन्तरता दिनुपर्ने पनि उसको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here