महाकाली नदीले ताकेको कुतियावकर बस्ती, लहलहाउँदो बालीसँगै मानव बस्ती प्रभावित (फोटोफिचर)

पप्पु गुरुङ्ग

दोधारा, २१ असार । दोधारा चाँदनी खाद्यान्नको भण्डार मानिन्छन् । दोधारा चाँदनी नगरपालिकाका दशै वटै वडाहरुमा उत्पादन हुने खाद्यान्न (धान, मकै, गहू, तेलहन, दाल, आलु, तरकारी) ले नगरको जनसंख्यालाई बर्षै भरी खान पुग्ने र बेच्न सक्ने अवस्था छ ।

त्यसैमा दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ देखि १० वडा सम्म तरकारी तथा परवलको लागि खेती योग्य क्षेत्र मानिन्छ ।

बिगतका दिनहरुमा यहाँ उत्पादन हुने परवल भारतको राजधानी लगाएत शहरमा निर्यात गरिन्थ्यो । जसबाट किसानहरुले त्यत्तीञ्जेल मनग्य आम्दानी गर्थे । किसानहरुको जिवन स्तर बढेर गएको थियो ।

केही देखि भारतिय सुरक्षाकर्मीहरुले भारत परवल निर्यात गर्न रोक लगाए संग दोधारा चाँदनी नगरपालिकाका किसानहरुले परवलको खेती गर्न छाडेका हुन् ।

बिगत केही वर्ष देखि भारतिय नागरिक (बंगाली) को देखसेकीमा दोधारा चाँदनी नगरपालिका वडा नं। १० कुतिकवर तथा आसपासका बस्तीहरुमा तरकारीको राम्रो उत्पादन क्षेत्र कहलिएको हो ।

त्यस बस्तीहरुमा उत्पादन भएका तरकारी भारत लगाएत सदरमुकाम महेन्द्रनगर बजार सम्म पुग्ने गरेको थियो । खाद्यान्न उत्पादन र यसको समुचित बितरणको कुरामा राज्यका जिम्मेवारी हो ।

तर यी कुरामा दोधारा चाँदनी नगर क्षेत्रको लागी राज्य निरिह देखिएको छ् । गएको कार्तिकको महिनामा महाकाली नदी र जगबुडा नदीमा आएको बिनासकारी बाढीले कुतियाकवर लगाएत बस्तीलाई धनमालको तहसनहस बनायो ।

तरकारी उत्पादन हुने खेती योग्य जग्गा मरुभुमी बनेको छ् । उत्पादन हुने जग्गा मरुभुमी बनेपछि स्थानिय किसानहरुमा चिन्तामा छन् ।

बाढीको कारण महाकाली नदीको धार कुतियाकवर बस्तीमा तेस्रिएपछि कति बेला महाकाली नदीको पानी बस्तीमा पसेर ठुलो उत्पात मच्चाउने हो भन्ने उनिहरुमा चिन्ता बढ्दो छ ।

गएको कार्तिक महिनामा आएको बाढीले घर खेत पूर्ण रुपमा बगाएपछि माया देबी सुनार बाढी पीडित बन्न पुगे ।

बाढीले उनिसँगै भएको कच्ची घर पूर्ण रुपमा नदीले कटान गरेको थियो भने, भएको कच्ची घर समेत बाढीमा बग्यो । घर बगाएपछि विरक्तिएका माया सुनार अहिले संघ संस्थाले दिएको त्रिपाल लगाएर सानो टहरा बनाएर आश्रय लिईरहेका छन् ।

‘बाढी आउदाका दिनहरुमा केही दिनका लागी व्यक्तिगत र सरकारी लगाएतका दाताले तत्कालका लागि दिएको राहत पेट पाल्यौ’ माया देबी सुनारले भने –‘पीडित बनेको दशक पुगिसक्दा महाकाली नदी र जगबुडा नदीमा पक्की तटबन्ध बनाउने कोही भएनन् ।’

लामो समय देखि दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्तीमा बस्दै आएका माया देबी सुनारलाई जहान परिवारको भोक टार्नै धौ–धौ छ । छाक टार्न भारतिय क्षेत्रमा गएर ज्याला मजुरी गर्न बाध्य भएको उनले बताएका छन् ।

‘नेपाल सरकारले कही काम दिदैन्, के गर्नु भारतमा ज्याला मजुरीको विकल्प केही छैन्’ माया देबी सुनारले भनिन् । बस्तीको पश्चिम दिशा तर्फ बग्ने जगबुडा नदी र पुर्वरउत्तर दिशा तर्फबाट बग्ने महाकाली नदीको दोभानको बस्ती हो कुतियकवार बस्ती ।

पूर्व र उत्तर दिशा तर्फबाट बग्ने महाकाली नदी गएको कार्तिकमा आएको बाढीले नयाँ बाटो खोलेको छ ।

बाढीको बेला महाकाली नदीले कुतियाकवर बस्ती तिर सोझिएर बगेपछि बस्तीमा ठुलो धनमालको क्षती बनाएको हो । महाकाली नदीले धार परिवर्तन गरेसंगै अबका दिनहरुमा महाकाली नदीमा थोरै भएपनि बाढी आएपनि कुतियकवर बस्तीमा ठूलो क्षति हुने पक्का पक्की छ ।

गएको बाढीको बेला प्रधान मन्त्री लगाएत नेता तथा बिभिन्न संघ संस्थाहरुले कुतियाकवर बस्ती लगाएत बाढी ग्रस्त क्षेत्रको अनुगमन गरिसकेका छन् ।

तर दोधारा चाँदनीको बाढी ग्रस्त बस्तीलाई बाढीको पिडाबाट कसरी जोगाउने भन्ने बिषयमा सानो भएपनि काम भएको देखिदैन् । बाढी ग्रस्त क्षेत्रमा बाढी आएको बेला उद्धार र त्यसपछि दिईने राहत वितरण गर्ने काम मात्रै हुँदै आएको स्थानिय बाढीपिडितहरु बताउँदै आएका छन् ।

देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि कुतियकवर तथा आसपासको बस्तीमा भने अझै खुसियाली आएको छैन् ।

मनसुन सुरु भए संग बस्तीको स्थानियहरुको निदहराम भएको छ् । कती बेला बस्तीमा पानी पस्ने हो भन्ने त्रास उनीहरुमा छ् । बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिन थालेपछि आगामी दिनहरुमा कुतियाकवर बस्ती बिस्तापित हुने जानकारहरु बताउँछन् ।

बर्षेनी आउने बाढीले जमिन कटान गर्दा धेरै जसो खेतीयोग्य जमिन बगरमा परिणत हुदा समेत सरकार नदी नियन्त्रणका बिषयमा प्राय:मौन देखिन्छ् । लहलहाउदो बाली बिनाशसँगै मानव बस्ती विस्थापनको सिकार भईरहेका छन् ।

बाढीबाट बिस्थापित हुँदाको परिवारको बिचल्लीको अर्कै कहाली लाग्दो पिडा छ् । उनिहरुलाई बैकल्पिक बसोबासको व्यवस्था सरकारले मिलाउन नसक्दा बर्ष भरी खाद्यान्न संगै बासको पिडा खेप्दै आएका छन् ।

यी समस्याहरुबाट समयमै दोधारा चाँदनी नगरपालिकाका नदी किनारामा बसोबास गर्ने नागरिकहरुलाई बचाउन र खेति योग्य उर्भर भूमि कटान हुनबाट रोक्न बर्षा नलागीकनै महाकाली नदी र जगबुडा नदीमा स्थायी तटबन्ध र तारजाली लगाउन आवश्यक हुन्थ्यो ।

हिउदको बेला तराईमा अधिकांश खोलाहरुमा पानीको बहाव कम छ, या सुन्य प्राय स् हुन्छ् । यसैले सरकारका योजनाहरु कार्यान्वयन गर्दा कुन काम कहिले गर्ने भन्ने बिषयमा योजना आयोग, प्रदेश तथा जिल्ला र स्थानीय तहमा भएको बिषयगत कार्यालयहरुलाई समय छदै काम गर्न गराउन आवश्यक देखिन्छ् । प्राय: नदीको छेउ छाउमा आदिवासी, जनजाति, दलित तथा पिछडिएका वर्गहरुको अत्यधिक बसोबास हुने गर्दछ ।

राज्यले दिने सेवा सुविधाहरुमा समेत यी समुदायहरु पछाडि परिरहेका हुन्छन् । जो अगुवा उसैले सबै कुरा उपयोग गर्ने नेपालको परम्परागत बानीमा अहिले सम्म परिवर्तन गर्न सकिएको छैन् ।

तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको दर्दनाक कथा तथा व्यथा छ । बिदेशी दातृराष्ट्रका विकासे परियोजनाहरुले केही व्यक्तिलाई रोजगार दिएर बिपद्का थुप्रै कार्यक्रम संचालन गरेतापनी बाढीको समस्या समाधानमा कुनै ठोस उपलब्धी हासिल गर्न सकेको भने देखिन्ना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here