दोब्बर भए बाघको संख्या, दुई गुणाले वृद्धि गर्ने संकल्प पूरा गर्ने नेपाल पहिलो देश

काठमाडौं । नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।

गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो । सबैभन्दा धेरै बाघ चितवनमा राष्ट्रिय निकुञ्जमा पाइएका छन् । चितवनमा १ सय २८ वटा बाघ छन् ।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ पाइएका छन् । बाँकेमा २५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ वटा बाघ पाइएका हुन् ।

सन् २०१० नेपालमा १ सय २१ बाघ थिए । सन् २०१३ को गणनामा १ सय ९८ पुगेको थियो भने सन् २०१८ मा बाघको संख्या २ सय ३५ पुगेका थिए ।

पछिल्लो दशकमा बाघको संख्या दुई गुणाले वृद्धि गर्ने संकल्प पूरा गर्ने पहिलो देश नेपाल बनेको हो ।

नेपालले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउन गरेको संकल्प गरेको थियो ।

नेपालका चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी पाँच स्थानमा बाघ पाइन्छ ।

नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया,थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् ।

नेपालमा बाघको सं‌ख्या बढेसँगै यिनको व्यवस्थापन,मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण,बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् ।

मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा,निहुरो टिप्‍न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जंगल जाने वातावरणा नबनाउनका लागि सरकारले वैकल्पिक उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि आवश्यकता देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here