क्यास अन ह्विल सुकेधारामा, गाडी किनबेचमा भुक्तानी र प्राविधिक समस्या समाधान गर्ने दाबी

काठमाडौं, २१ साउन । क्यास अन ह्विल र रोयल डिटेलिंग एण्ड पोलिसिंगले काठमाडौंको सुकेधारामा शोरुम र सर्भिस सेण्टर विस्तार गरेको छ । ओशो तपोवनका स्वामी आनन्द अरुणले बिहीबार शोरुम र सेण्टरको उद्घाटन गरे ।

कम्पनीले पोखरा र इटहरीमा शाखा कार्यालय सञ्चालन गरिसकेको छ र छिटै वुटवलमा समेत शाखा विस्तार गर्ने कार्यकारी निर्देशक मोहन भण्डारीले बताए । उपत्यका बाहिर यस्तो सेवा विस्तार भएपछि अब गाडी किन्ने र बेच्ने काम उपत्यकामा मात्रै सीमित भएर बस्नुपर्ने अवस्थाको अन्त्य समेत भएको उनको भनाई छ ।

सो कम्पनीले ३० लाखभन्दा बढीको गाडी खरिदबिक्रीमा अर्गानो रेष्टुरेन्ट र भाटभटेनी सुुपरमार्केटको १०–१० हजार रुपैयाँको र सोभन्दा कम मूल्यको खरिदबिक्रीमा ५–५ हजार रुपैयाँको भौचर दिने व्यवस्था गरेको जनाएको छ ।

क्यास अन ह्वील सवारीसाधनको खरिदबिक्री गर्ने प्लेटफर्मको रुपमा १ वर्ष अघि कारोबार सञ्चालन गरेको हो भने यसको सहयोगी कम्पनी रोयल डिटेलिंग एण्ड पोलिसिंगले विशेष प्रविधिद्वारा गाडीलाई चम्काउने र गाडीको रंगलाई विशेष सुरक्षा प्रदान गर्ने कार्य गर्दछ ।

‘ग्राहकहरु आफूले गाडी बेच्दा उचित मूल्य नपाउने हो कि भन्ने चिन्तामा हुने गरेको हामीले पाएका छौं । हामीकहाँ अनुभवी भ्यालुएटरहरुले गाडीको मूल्यांकन गरेर उचित मूल्य निर्धारण गर्नुहुन्छ, ग्राहकले उचित मूल्य पाउने ग्यारेन्टी हामीले गरेका छौं,’ भण्डारीले भने ।

‘हाम्रो सर्भिस बापत लिने शुल्क फिक्स्ड छ । हामीले रु. ३० लाखभन्दा बढीको गाडीमा ५० हजार रुपैयाँ र त्योभन्दा कम मूल्यको गाडीमा २५ हजार रुपैयाँ सर्विस शुल्क लिने गरेका छौं । त्यसबाहेक अरु कुनै लागत तिर्नु पर्दैन । ग्राहकले पाएको मूल्य, तिरेको कमिसन, सरकारी राजश्व, मर्मत लगायत सबै खर्चहरु पारदर्शी हुन्छन्,’ उनले जानकारी दिए ।

गाडीको किनबेचमा ग्राहकले भोग्ने अर्को समस्या भुक्तानी लगायत अन्य प्राविधिक समस्या पनि हो । धेरैजसोले आंशिक रुपमा भुक्तानी गरेर अरु उधारो गर्ने, गाडी पास नै नगरी चलाउने लगायत समस्या हुने गरेको उनको अनुभव छ । भण्डारी भन्छन्, ‘हामीकहाँ आउने ग्राहकले नगद पैसा पाउनुहुन्छ । गाडी पास हुनेबित्तिकै बैंक खातामा रकम ट्रान्सफर हुन्छ । किन्ने ग्राहकले पनि पास भएर ढुक्कसँग गाडी पाउने अवस्था हुन्छ ।’

कुनै व्यक्तिले आफ्नो गाडी बेच्न चाह्यो भने उनले क्यास अन ह्विलसँग कुनै पनि माध्यमबाट जोडिएर त्यसको जानकारी दिन सक्छ । फेसबुक, म्यासेञ्जर, भाइबर, ह्वाट्सएप लगायत सबै प्रकारका सामाजिक सञ्जाल, फोन वा इमेलबाट पनि यस्तो जानकारी दिन सकिने व्यवस्था मिलाइएको छ ।

यो भर्चुअल पार्किङ भएकोले यसमा पार्किङ र छनौट असीमित हुुने भण्डारी बताउँछन् । ‘हामी एकैपटक हजारौं गाडी पार्किङ गर्न सक्छौं । किन्न सक्छौं । भौतिक रुपमा राख्नु नपर्ने भएकोले हाम्रो लागत सस्तो पर्छ । त्यसैले थोरै मार्जिनमै हामी काम गर्न सक्छौं ।’

त्यसो त, यो कम्पनीले गाडी बेच्ने ग्राहकसँग इनस्पेक्सन शुल्क पनि लिँदैन । ‘एउटा गाडीको इनस्पेक्सन गर्न इन्जिनियरले कम्तीमा पनि २ घण्टा समय दिनुपर्छ । यसका लागि शुल्क लाग्छ,’ भण्डारी भन्छन्, ‘हामी इनस्पेक्सन, भ्यालुएसन, फोटोग्राफी केहीको पनि शुल्क लिँदैनौं । ग्राहकलाई यो सबै सेवा निःशुल्क उपलब्ध छ ।’

हालसम्म सो कम्पनीमा आएका ग्राहकमध्ये करिब ३० प्रतिशत नयाँ गाडी किन्ने सोच आएको, ५० प्रतिशत अरु गाडीको अनुभव लिने उद्देश्यले आएको र बाँकी करिब २० प्रतिशत मात्रै पैसा चाहिएर गाडी बेच्न आँटेको अवस्था देखेको भण्डारीले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here