चुनावको प्रचारप्रसार १७ दिन मात्रै, स्थानीय तहका जनप्रतिनिधि लाग्न नपाइने (पूर्णपाठ)

काठमाडौं, १४ भदौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको ‘निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।

सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचार संहिता अनुसार उम्मेदवारले चुनाव प्रचारको लागि १७ दिन पाउने गरी बनाइएको छ।

आयोगले यसपालि चुनाव प्रचारको समय बढाएको भन्दै आलोचना भएको थियो। आयोगले २०७४ को चुनावमा ३० दिन प्रचार गर्न समय दिइएकोमा यसपालि बढाएर ३९ दिन पुर्‍याएको थियो। त्यसैलाई घटाएर १७ दिनमा पुर्‍याइएको हो।

त्यस्तै स्थानीय तहका जनप्रतिनिधि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा लाग्न नपाइने भएको छ ।

‘निर्वाचन आचारसंहिता, २०७९’ परिच्छेद ३ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था गरिएको छ ।

सो व्यवस्थामा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय तथा सोका पदाधिकारीले देहायका आचरण पालना गर्नुपर्नेछ : क) कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने, तर निर्वाचनमा आफैं उम्मेदवार भएका मन्त्री आफू उम्मेदवार भएका मन्त्री आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न यस खण्डले बाधा पुर्याएको मानिने छैन र यसरी प्रसारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन ।’

त्यस्तै, उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, डिजिटल बोर्ड वा फ्लेक्सको प्रदर्शन गर्न नहुने आयोगले भनेको छ।

‘उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रब्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने।’ आचारसंहितमा भनिएको छ।

आचार संहिताको पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here