अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव

काठमाडौं, १३ असोज । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।

गातार उकालो लाग्दै अमेरिकी डलरको भाउ नयाँ बिन्दुमा पुग्दा त्यसबाट अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव पर्न जान्छ ।

आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको मूल्य बढ्दा त्यसले महँगी बढाउने र जनजीवन प्रभावित पार्ने छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्किँदा त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको हो ।

यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

डलरको भाउ अझै माथि जाने संकेतहरु देखिएको छ। पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर भइरहेको छ ।

नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलरको भाउ उतारचढाव हुँदा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ ।

विदेशमा रहेका नेपाली कामदारहरुले रेमिट्यान्स डलरमा पठाउँछन् । डलरको भाउ बढ्दा रेमिट्यान्समा पनि केहि बृद्धि हुन्छ । त्यस्तै डलरको भाउ बढेसँगै पर्यटन क्षेत्र पनि राम्रो हुनेछ । नेपालमा आउने विदेशी पर्यटकले डलर बोकेर आउँछन् र खर्च गरेर जान्छन् ।

अब डलरको भाउ बढ्ने वा घट्ने भन्ने कच्चा तेलको मूल्यमा भर पर्ने विज्ञ बताउँछन् ।

त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । डलरको भाउ बढ्दा वस्तु तथा सेवाको आयातबापत हुने भुक्तानीमा असर पर्छ ।

अहिले दशैँ/तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपाल भित्रिने रेमिट्यान्समा सकारात्मक प्रभाव परे पनि आयात बढ्दो हुँदा त्यसबापतको भुक्तानीमा दायित्व बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here