प्रतिनिधि सभामा एमालेबाट ११, माओवादीबाट ६ र कांग्रेसबाट ५ जना मात्रै महिला उम्मेदवार

pDd]bjf/L btf{ ub}{ lg? kfn bf]wf/f rfFbgL,@# c;f]hM dªl;/ $ ut] x'g] k|ltlglw;ef ;b:o lgjf{rgsf nflu lhNnf ;dGjo ;ldltl:yt lgjf{rg clws[tsf] sfof{nodf s~rgk'/sf] lgjf{rg If]q gDa/ # df k|ltlglw;ef ;b:osf] pDd]bjf/L btf{ u/fpFb} lg? kfn . tl:a/M dxfb]j cj:yL ÷/f;;

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी न्यून देखिएको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले त्यसको बेवास्ता गरेका छन् ।

जसमा नेकपा एमालेबाट ७, नेपाली कांग्रेसबाट ५ र माओवादीबाट ६ जना महिला मात्रै उम्मेदवार बनेका छन्। २०७४ को निर्वाचनपछि पहिलो दल बनेको नेकपा एमालेले सबैभन्दा बढी ७ जना महिला उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको छ।

कांग्रेसले तेह्रथुममा सीता गुरुङ र मोरङ क्षेत्र नम्बर–२ बाट सुजाता कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट सिरहा क्षेत्र नम्बर–२ मा पूर्वउपसभामुख चित्रलेखा यादवको उम्मेदवारी परेको छ ।

कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले र अर्घाखाँचीबाट पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छिन् ।

एमालेबाट सुनसरी- ३ मा भगवती चौधरी, दाङ- १ मा शान्ता चौधरी र दाङ- ३ मा कोमल वली, स्याङ्जा- २ मा पद्मा अर्याल, कास्की- २ मा विद्या भट्टराई, डोटीमा गौरी ओली र कञ्चनपुर- ३ मा निरूदेवी पाल प्रतिस्पर्धा गर्दैछन्। त्यस्तै, धनुषा- ३ बाट जुलीकुमारी महतो प्रतिस्पर्धा गर्दैछिन्। उनी एमाले र जसपाको साझा उम्मेदवार हुन्।

माओवादी केन्द्रबाट ललितपुर- ३ मा पम्फा भुसाल, काठमाडौं- ९ मा कल्पना धमला, दाङ- ३ मा रेखा शर्मा, काठमाडौं- २ मा ओनसरी घर्ती, जुम्लामा गोमा गौतम, कञ्चनपुर- ३ मा विना मगर र काठमाडौं- ७ मा मानुषी यमी भट्टराई उम्मेदवार बनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here