तिहार: कस्ता मिठाई स्वास्थ्यका लागि हानिकार, यसरी छुट्याउनुहोस्

काठमाडौं । फलफूल तथा अन्य सामाग्रीजस्तै तिहारमा मिठाईको माग पनि उच्च रहने गर्दछ । तिहार, छठलगायत पर्वमा धेरै विक्री हुने खाद्य वस्तुमध्ये पर्छ मिठाई । तिहार मिठाईको नै पर्व हो । तिहारका अन्य थुप्रै विशेषतामध्ये मिठाई पनि एक हो ।

मिठाईको पर्व तिहार सबैको दैलोमा भित्रिएको छ । चाडपर्व हो भनेर मानिसहरूमा स्वास्थ्यको ख्याल नै नगरी जथाभावी खानेकुरा खाने बानी रहेको रहेको हुन्छ, तर, यसरी मनलागी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

तिहारको समयमा प्रयोग हुने धेरैजसो खाद्य सामग्री अस्वस्थ पाइने गरेका छन् । मिठाईका परिकार पनि अस्वस्थ हुने गर्दछन् । तिहारको वेलामा मिठाई पसलमा भिडभाड देखिन्छ । तसर्थ, तिहारको समयमा खरिद गरिने मिठाई अस्वस्थ हुन पनि सक्छ ।

चाडपर्वमा स्वास्थ्यमा सुरक्षित हुनु महत्वपूर्ण हुन्छ । विशेषगरी, दाजुभाइ तथा दिदीबहिनीको पर्वको रुपमा चिनिने तिहारमा हामी सबै एकआपसमा जमघट भई खुसियाली साटासाट गर्छौं ।

तर, खुसियाली साट्ने निहुँमा र लक्ष्मीलाई भित्र्याउने भन्दै कतै तिहार मनाउने तरिका नजानेर अथवा लापरवाही गरी हामीले रोगलाई त आफ्नो जीवनमा निम्त्याउँदै छैनौं ?

तिहारको वेला मानिसहरू मिठाईको प्रयोग धेरै गर्छन् । धेरै मिठाई खाँदा प्रत्यक्ष रूपमा स्वास्थ्यमा असर पर्छ । तिहारको समयमा गुलियो, चिल्लो, नुनिलो, पिरो र मसला बढी भएका परिकार खाने चलन बढी छ ।

यस्ता खाद्यपदार्थले मधुमेह, ग्याष्ट्रिक, उच्च रक्तचाप, तथा फोक्सो र कलेजोसम्बन्धी समस्या भएका मानिसलाई बढी असर गर्छ । त्यस्तै, यस्ता खाद्यपदार्थले उक्त रोग लाग्ने सम्भावना पनि बढाउँछ ।

त्यसैले यस्ता खाद्यपदार्थबाट टाढा रहौं अथवा कम सेवन गरौं । खुवा र चाँदीको लेप लगाइएको मिठाइमा आल्मुनियमको प्रयोग गरिएको हुन सक्छ । यसले मस्तिष्कमा नराम्रो असर पार्दछ ।

मिठाईमा प्रयोग गरिने सबै रंग हानिकारक

तिहारमा विभिन्न प्रकारका मिठाई एवं मिठाईजन्य परिकार खाने र ख्वाउने चलन छ । मिठाई प्रायः मैदा, दूध वा दुग्ध पदार्थ, चिनी, घिउ, तेल आदिबाट तयार पारिन्छ । मिठाईका यस्ता परिकारलाई चिल्लो पदार्थ, प्रोटिन तथा कार्बोहाइड्रेडमा वर्गीकृत गर्न सकिन्छ ।

तिहारमा घरमा बनाइएको मिठाईमा होस् वा बजारबाट किनिएको होस् । प्रायः मिसावट गरिएका खाद्य पदार्थ प्रयोग भएको पाइन्छ । मिठाईमा विभिन्न रंगसमेत प्रयोग हुन्छ । यस्ता मिठाईहरू आकर्षक भए पनि विभिन्न रोग निम्त्याउने खालका हुन्छन् ।

कतिपय मिठाईमा रातो रंग हालिएको पाइन्छ । रातो रंगका लागि फास्टरेड कार्मोइसिन नामक रसायन प्रयोग गरिन्छ, जसले रगतलाई रातो बनाउने हेमोग्लोबिनमा क्षति पुर्‍याउनुका साथै रक्तअल्पताजस्तो रोगसमेत निम्त्याउँछ ।

त्यसैगरी अधिकांश पेयपदार्थको रंग एवं बाक्लोपनलाई सुरक्षित राख्न ब्रोभिनेटेड तेल प्रयोग गरिन्छ । यसले मानिसहरूमा बाँझोपन ल्याउने खतरा हुन्छ ।

मिठाईमा जथाभावी विभिन्न रंग प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुँदा यस्ता मिठाई बनाउँदा खान हुने र नहुने रंगको जानकारी राखी उपभोक्ताहरूको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्छ ।

त्यसो त मिठाईमा प्रयोग गरिने सबै प्रकारका रंग स्वास्थ्यका लागि हानिकारक नै हुन्छन् भन्ने छैन । आवश्यकताभन्दा बढी प्रयोग गरिँदा सामान्य मिठाई पनि विषाक्त हुनपुग्छ ।

बजारमा पाइने मिठाइमा स्वास्थ्यमा असर गर्ने केमिकलको प्रयोग भएको हुन सक्छ । यस्ता मिठाइले लिवर र किड्नीलाई नराम्रो असर गर्छन् । यस्ता खाद्यपदार्थले दम र क्यान्सरको सम्भावनालाई पनि बढाउँछन् ।

सुगर अथवा मधुमेह रोग भएका व्यक्तिले तिहारको अवसरमा तयार पारिएका रङ्गीविरङ्गी लोभलाग्दा मिठाइबाट टाढा रहनु आवश्यक छ ।
सुगरका रोगीको धमनीमा रगत जम्ने सम्भावना बढी हुन्छ । यदि मुटुरोगीलाई सुगर छ भने सुगरलाई नियन्त्रित राख्न डाक्डरको सल्लाह लिई औषधि लिनुपर्छ ।

फर्मालिनः मिठाईलाई लामो समयसम्म ताजा राख्न वा बिग्रनबाट जोगाउन मिठाइ कम्पनीहरुले फमार्लिन नाम गरेको रसायन प्रयोग गर्छन् ।

यो रसायन विशेषगरी लाशलाई गन्हाउनबाट जोगाउन शव गृहमा प्रयोग गरिन्छ । फर्मालिन मिसिएको परिकारले किड्नी र कलेजोलाई हानी गर्छ ।

यसले दम र क्यान्सर पनि निम्त्याउँछ । गर्भवती महिलाहरुका लागि यो रसायन झनै खतरनाक मानिन्छ । यस्तो रसायन मिसिएको खानेकुरा खाँदा अपांग बच्चा जन्मिने सम्भावना हुन्छ ।

सिल्भर र आल्मुनियमः तिहारमा खाईने बर्फी लगायत केही मिठाई सिल्भर लगायतका धातु मिसाइएका कागजले ढाकेर बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि निकै हानिकार मानिन्छ ।

मिठाई ढाक्न प्रयोग हुने सिल्भरको कागजमा अल्मुनियम पनि मिसाइन्छ । अल्मुनियमले दिमागका कोष र तन्तुलाई असर गर्छ ।
गर्भवती महिलालाई झन् अशर गर्छ । तसर्थ सिल्भरको कागजले ढाकेको मिठाई खानुअघि औंलाले बिस्तारै घोट्नुपर्छ । यदि सो कागज हानिकार नभए तत्कालै हराउँछ ।

रंगिन मिठाई : हेर्दा आकर्षक र रंगिंन मिठाई छन् भने नकिन्नुहोस् । मिठाई बनाउदा रंग मिसाएको पाईन्छ तर कतिपयले राम्रो र आकर्षक देखाउन हानिकारक रंगको प्रयोग गरेका हुन्छन् । यस्ले तपाईको स्वास्थ्यमा नराम्ररी असर पुर्याउछ । बिभिन्न प्रकारका रोगको संक्रमण गराउछन ।

सख्खर (गुड)मा बनाएको मिठाई : गुड अर्थात सख्खरमा बनाईएको मिठाई गुलियो भएपनि हाम्रो स्वाथयका लागी फाईदाजनक छ ।

बढ्दो अस्वस्थ प्रतिष्प्रर्धासँगै आजभोली कृत्रिम गुलियो पदार्थबाट मिठाई बनाउने संस्कारर गर्दा मानव स्वाथ्य नै जोखिममा पर्दै गएको छ ।

भरसक गुढ, मह र मिसावट नगरिएको खुदोबाट बनाएका मिठाई खान विज्ञको सल्लाह छ । यसको प्रयोगले जो सुकैले सहजै खरमा बनाउन पनि सक्छ ।

मिसावटरहित गुडबाट बनाएका परिकार गुलियो भए पनि स्वास्थ्यलाई फाईदा गर्छ ।

गुड चिनि जस्तो परिमार्जित नहुने भएको यसमा प्रशस्त आइरन हुन्छ । यस्तै शरिरभित्रको अपवित्र वा दुःषित रगतलाई सफा गरिदिन्छ, जबकी ह्वाईट सुगरले यस्तो कुनै काम गर्दैन । चीनिले ब्लड ग्लुकोजको मात्र बढाउछ तर गुड मिसाएको मिठाइले शरिरमा ब्लड ग्लुकोजको मात्रा बढाउँदैन।

के-के छन गुलियोले गर्ने हानी ?

कमजोर महशुसः यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ ।

सुगरको कुलतः निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ । निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ ।

छालामा समस्याः गुलियोले छालामा गम्भिर असर गर्छ । निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ । चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ । बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ ।

निराश र चिन्ताः बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् ।

गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ ।

रुघाखोकीको जोखिमः गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ, र दीर्घ रोगको सम्भावना बढाउछ । यदि तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनि वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ । गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ ।

अस्वभाविक तौल बृद्धि: सम्भवत तपाईलाई थाहा होला चिल्लोले शरिरलाई मोटो बनाउँदैन, बरु अरु समस्या ल्याउँछ । तर गुलियो खाँदा केही दिनमा नै अस्वभाविक तौल बढ्छ । सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ ।

तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ । गुलियोले आमाशय (गट) मा समेत अशर गरी तौल घट्नबाट रोक्छ।

तिहारका टिप्सहरु

-तिहारमा सबैको घरमा रोटी तथा विभिन्न किसिमका मिठाई पाक्छ ।

–सेलरोटी, फिनी, अनरसा, रोट वा अन्य मिठाई चिल्लो र गुलियो हुने भएकाले धेरै खानु हुँदैन ।

–चाडपर्वको बहानामा धेरै गुिलयो र चिल्लो खाँदा स्वास्थ्यमा असर पर्न सक्छ ।

–मधुमेहका बिरामीहरूले सुगरफ्री मिठाई ठिक्क मात्रामा खान सक्छन् ।

–परिकारमा प्रयोग गरिने तेल–घिउ कत्तिको स्वास्थ्यवद्र्धक छ, ध्यान पुर्‍याउनुपर्छ ।

– यस्ता परिकार सकेसम्म घरमै तयार गर्नुपर्छ । किन्नै परे विश्वसनीय मिठाई पसलबाट शुद्ध तथा सफा मिठाई खरिद गर्नुपर्छ ।

चकलेट र मिठाइको सेवन कम गरौं

तिहारमा चकलेट र मिठाइ उपहारको रुपमा दिइन्छ । तर यस्ता खाद्य पदार्थले शरीरमा नराम्रो असर गर्न सक्छन् ।

मधुमेह र मुटु रोगीहरूले मिठाई र चकलेटको सेवनबाट जोगिनुपर्छ । यसले उनीहरूमा चिनीको मात्रा बढ्छ र मुटु तथा अन्य स्वास्थ्यसम्बन्धी समस्या हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here