दुई दर्जन बैंकको खराब कर्जा बढ्यो, सनराइजको सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको निष्कृय (खराब) कर्जा बढेको छ । ब्याजदर वद्धिले ऋणीको कर्जा तिर्ने क्षमता ह्रास हुँदा बैंकले समयमै रिमर्भर गर्न सकेनन् । जसको कारण एकतिर एकदर्जन बैंकको नाफामा गिरावट आएको छ भने अर्कोतर्फ खराब कर्जा बढेको छ ।

पहिलो तीन महिनामा बैंकहरुको औषतमा खराब कर्जा ०.६२ प्रतिशतले बढेको हो । गत आवको पहिलो तीन महिनामा १.१५ प्रतिशत खराब कर्जा रहेकोमा समीक्षा अवधिमा बढेर १.७७ प्रतिशत पुगेको बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणले देखाउँछ ।

वित्तीय प्रणालीमा तरलता अभावका कारण बैंकहरुले गत वर्षको दोस्रो त्रैमासदेखि कर्जा लगानी गर्न पाएका छैनन् भने विस्तार गरेको कर्जा पनि समयमै अशुल्न सकेनन् । सोही कारण खराब कर्जा बढ्दै गएको हो ।

बैंकहरुको ब्याजदर वृद्धिले आधारदर नै ११ प्रतिशत माथि पुगेको छ । उच्च ब्याजदरले ऋणीहरु समस्यामा परेका छन् । जसको कारण समयमै कर्जा भुक्तानी गर्न नसक्दा बैंकको नाफामा धक्का लागेको छ ।

बैंकको वित्तीय अवस्था थाहा पाउन खराब कर्जा हेर्ने गरिन्छ । प्रणालीमा जति धेरै खराब कर्जाको हिस्सा बढ्दै जान्छ, त्यत्ति नै संस्था कमजोर तथा नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गर्ने सम्भावना रहन्छ ।

संस्थाको ५ प्रतिशत भन्दा कम खराब कर्जा भए सामान्य मानिन्छ भने त्योभन्दा बढी पुगे जोखीम युक्त कर्जाको रुपमा गणना गरिने व्यवस्था छ । बैंकले कर्जा दिएको रकम नउठ्ने भएसंगै सम्भावित जोखीम व्यवस्थापनका लागि प्रोभिजन रकम छ्ट्याउछन् । यद्यपी, हाल कायम वित्तीय संस्थाको खराब कर्जा जोखीम व्यवस्थापनका हिसाबले धेरै नभएको बैंकरहरु बताउँछन् ।

दुई दर्जन बैंकको बढ्यो खराब कर्जा

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विरण अनुसार यस अवधिमा २४ वाणिज्य बैंकको खराब कर्जा बढेको छ भने दुई बैंकले मात्र घटाएका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ०.५३ र नेपाल इन्भेष्टमेन्ट बैंकले ०.७० प्रतिशतले निष्कृय कर्जा घटाएका हुन् । सबैभन्दा धेरै खराब कर्जा सनराइज बैंकको २.९४ प्रतिशत छ । यस बैंकको गत वर्ष १.१३ प्रतिशत रहेकोमा चालु आवमा १.८१ प्रतिशले बढेको हो ।

यसैगरी, ग्लोबल आइएमई,शिद्धार्थ बैंक,हिमालयन, नबिल, नेपाल, कृषि विकास,बीओके एनसीसी, राष्ट्रिय वाणिज्य र सिटिजन सहित ११ बैंकको २ प्रतिशत बढी खराब कर्जा रहेको छ ।

सबैभन्दा कम एभरेष्ट बैंकको ०.३३ प्रतिशत खराब कर्जा रहेको छ । नेपाल एसबीआइ, एनआइसी, स्टन्डार्ड चार्टड र सानिमा बैंकको निष्कृय कर्जा १ प्रतिशतभन्दा कम रहेको छ भने १० बैंकको १ प्रतिशत बढी रहेको वित्तीय विवरणले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here