भारतले थप एक वर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध, कस्तो देखिएला नेपालमा प्रभाव ?

काठमाडौं । विश्वमै बढीरहेको महंगीबाट भारतलाई जोगाउन भारत सरकारले अर्को ठूलो कदम चालेको छ। महंगीबाट जोगाउन भारतले चिनीको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ।

चिनी निकासीमा लगाएको प्रतिबन्ध २०२३ अक्टोबारसम्म लम्ब्याएको छ । घरेलु बजारमा चिनीको बढ्दो मूल्यलाई ध्यानमा राख्दै १ जुन २०२२ देखि ३१ अक्टोबर २०२२ सम्म चिनीको निर्यातमा प्रतिबन्ध लगाइएको थियो ।

चिनीको कीर्तिमानी निकासीपछि मूल्य वृद्धि भएको हो । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिलपछि दोस्रो ठूलो निर्यातकर्ता हो। बंगलादेश, इन्डोनेसिया, मलेसिया र दुबई भारतीय चिनीको सबैभन्दा ठूलो खरिदकर्ता हुन्।

गत वर्ष मुलुकबाट ठूलो परिमाणमा चिनी निर्यात भएको थियो । गत वर्ष ६० लाख मेट्रिक टन (लाख मेट्रिक टन ( चिनी निकासी गर्ने लक्ष्य राखिए पनि यथार्थमा ७० लाख मेट्रिक टन चिनी निकासी भएको थियो । त्यस्तै यस वर्ष पनि चिनी मिलबाट ८२ लाख टन चिनी निर्यात भएको थियो । यो वर्ष चिनी निकासी अहिलेसम्मकै उच्च भएको अनुमान गरिएको छ ।

यसअघि भारतीय सरकारी अधिकारीहरुले यस वर्ष भारतको उखु उत्पादन अहिलेसम्मकै उच्च हुने बताएका थिए। विशेषगरी भारतले रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि चिनी नर्यातमा रोक लगाएको थियो।

भारतले प्रतिबन्ध लगाउनुअघि नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो। नेपालमा माग अनुसारको उत्पादन नहुँदा आयातको भर पर्नु परेको अवस्थामा भारतले निर्यात रोक्दा चिनीको भाउ बढ्न सक्ने सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here