आप्रवासी कामदारको ठूलो भूमिका रहेको कतार विश्वकप, घोषणायता ६५०० कामदारको मृत्यु

काठमाडौं । नोभेम्बर २० देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ ।

विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् ।

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल विश्वकै ठूलो खेल मेलामा पर्छ । यसले सारा विश्वको ध्यान खिचिरहेको हुन्छ ।

एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन् ।

अन्तिममा ३२ मध्ये एक टिम मात्र विजेता हुनेछ । विश्वकपको विजेतासँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन् ।

विश्वकपका लागि आप्रवासी कामदारको ठूलो भूमिका रहेको छ । तर, यसबीचमा ज्यान गुमाएका साढे ६ हजार कामदारका परिवारको पिडा भने कतारले कहिले पनि भुलाउन सक्ने छैन ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार विश्वकपका लागि कतारले ७ वटा नयाँ रंगशाला निर्माण गरेको छ । एउटा नयाँ विमानस्थल पनि यसै अवधिमा बनेको हो । साथै मेट्रो परियोजना र सडक परियोजनाको काम समेत यसै अवधिमा भएका छन् । यी परियोजनामा ३० हजार आप्रवासीले काम गरेका थिए ।

सन् २०१६ मा एम्नेष्टी इन्टरनेशनले कतारमा आप्रवासी कामदारलाई अमानवीय तरिकाबाट काममा लगाइएको प्रतिवेदन सार्वजनिक भएको थियो । त्यसपछि कतारले आफुलाई केही सच्याउन थालेको थियो । किनकी यो खबर सार्वजनिक भएपछि कतारको कडा आलोचना पनि भएको थियो ।

सन् २०१७ पछि कामदारलाई दिउँसोको कडा घाममा काममा लगाउन छाडिएको छ । ह्यूमन राइट्स वाचको सन् २०२१ को प्रतिवेदन अनुसार कतारमा विश्वक हुने घोषणा भएयता ६५०० आप्रवासीको मृत्यु भइसकेको छ । जसमा भारत, पाकिस्तान, नेपाल, श्रीलंका र बंगलादेशका नागरिक धेरै छन् ।

तर, कतारले भने भने सन् २०१४ देखि २०२० को बीसमा मात्र ३७ कामदारको मृत्यु भएको र त्यसमध्ये ३४ जनाको कामका कारण नभएको दावी गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here