श्रृष्टि परमात्मा श्रीरामको आधिभौतिक स्वरूप हो । जो अनिर्वचनीय छ । परमात्मा श्रीराम नै श्रृष्टिका निमित्त कारण, उपादान कारण तथा शहकारी हुनुभएकोले श्रृष्टि पनि आनन्दमय छ ।
तर प्रत्यक्ष रूपमा देखिएकोको छ की श्रृष्टिमा जीव नाना प्रकारका दुःख बाट पिडित भएर चिन्ता भय एवं उद्वेगबाट ग्रसित छन । यी सबैको कारण वास्तविक स्वरूपबाट विस्मृति नै बताइएको छ ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्म संस्थापनार्थाय सम्भवामि युगे – युगे ।।
( गीता ४ . ८ )
जसरी भगवानको अवतार साधु पुरूषहरूलाइ उद्धार गर्न , आसुरी प्रवृत्तीको विनाश गर्न र धर्मको स्थापनार्थ भएको हुन्छ । त्यसैगरी आचार्यावतार पनि अज्ञान – निवृत्ति हेतु एवं ज्ञान , वैराग्य , भक्ति र योगादिहरूको विधि – विधान पूर्वक , सर्वजन हिताय र सर्वजन सुखायको प्रतिष्थापनार्थ भएको हुन्छ । यस्ता महान आचार्यहरूलाइ श्रद्धालु भक्तजनहरू जगद्गुरूको नामले सम्बोधन गर्दछन ।
त्रेता जुग जे राम सुहाए । कलिजुग रामानन्द कहाए ॥
धरम मुल अवतार सुहावन । रामानन्द कियो जग पावन ॥
यस्तै जगपावनार्थ प्रकट हुनुभएका आचार्यहरू मध्ये उत्तर भारतबाट श्रीरामावतार जगद्गुरू स्वामी श्रीरामानन्दाचार्य हुनुभयो ।
श्रीरामानन्द रघुनाथ ज्यों दुतिय सेतु जग तरन कियो ।
( भक्तमाल उ ॰ छ ॰ – ३६ )
जसरी श्रीरघुनाथ जी ले वानर सेनालाइ समुद्र पार तार्ने हेतुले समुद्रमा सेतु बनाउनु भएको थियो , ठीक त्यसैगरी स्वामी श्रीरामानन्दाचार्य जी ले पनि सांसारीक जीवहरूलाइ भवसागरबाट पार तार्नका लागी आफ्नो शिष्य – प्रशिष्य परम्पराको माध्यमबाट द्वितिय सेतुको निर्माण गराउनु भयो ।
भारतीय धर्म, दर्शन, साहित्य र संस्कृतिका विकासमा भागवत धर्म तथा वैष्णव भक्तिबाट सम्बद्ध वैचारिक क्रान्तीको महत्त्वपूर्ण भूमिका रहेको वैष्णव भक्तिका महान सन्तहरूको त्यसै श्रेष्ठ परम्परामा आजभन्दा लगभग ७२३ वर्ष पूर्व स्वामी श्रीरामानन्दाचार्यको प्रादुर्भाव माघ कृष्ण सप्तमी संवत् १३५६ मा भएको थियो ।
उहाँले राम भक्तिको अविरल धारालाई हिमालयका पावन ऊचाईहरू बाट प्रवाहित गरी मानव जीवनको कर्तव्यबाट दिग्भ्रमीत भइ पथ विस्मृत भएका अनगिनत जीवहरूमा पुर्याउनु भयो । उहाँ भक्ति मार्गका एक यस्ता सोपान हुनुहुन्थ्यो जसबाट जगतमा वैष्णव भक्ति साधनाको नयाँ आयाम प्रदान भयो ।
उहाँले श्री जानकीजी द्वारा पृथ्वीमा प्रवर्तित विशिष्टाद्वैत (राममय जगतको भावधारा) सिद्धान्त तथा रामभक्तिको धारालाई मध्यकालमा अनुपम तीव्रता प्रदान गर्नुभयो ।
स्वामी श्रीरामानन्दाचार्यलाई उत्तर भारतमा आधुनिक युग अनुसार आदिवैदिक सनातन भक्ति मार्गको प्रचारक र वैष्णव साधनाको मूल प्रवर्त्तकका रूपमा स्वीकार गरिन्छ । उहाँ प्रथम यस्ता आचार्य हुनुभयो जसद्वारा आजको विश्वमा भक्तिको प्रचार भयो ।
स्वामी श्रीरामानन्दाचार्यलाई मध्यकालीन भक्ति आन्दोलनको महान सन्त मानिन्छ । उहाँको बारेमा प्रचलित भनाई छ कि – द्रविड भक्ति उपजे-ल्यायो रामानन्द । यानि उत्तर , पूर्व , पश्चिममा भक्तिको प्रचार गर्ने श्रेय स्वामी श्रीरामानन्दाचार्यजी लाई नै जान्छ। उहाँले तत्कालीन समाजमा ब्याप्त कुरीतिहरु जस्तै छुवाछुत र जात-पातको विरोध गर्नुभयो ।
धर्म ह्रासको यस विषम अवस्थामा पनि सम्पूर्ण संसारमा रामानन्दिय श्रीवैष्व सम्प्रदायका सर्वाधिक पन्थ द्वार , द्वाराचार्य , मठ, मन्दिर सन्त-महापुरूषहरू द्वारा सर्वत्र योग जप तप भक्तिद्वारा आध्यामिक आलोक प्रसारित गरिरहेका छन ।
वैष्णवहरूको बाउन्न द्वारहरूमा सर्वाधिक सैंतीस द्वारहरु यसै सम्प्रदायसँग जोडिएका छन । यसका अतिरिक्त पनि यसका शाखा, प्रशाखा र अवान्तर शाखाहरु जस्तै रामस्नेही, कबीरदासी, घीसापन्थी, दादूपन्थी आदि नामहरूबाट यस सम्प्रदायको मूलभावनाको संवाहिका बनेको छन ।
आफ्नो पहिलो सम्बोधनमा नैं जगदगुरू श्रीरामानन्दाचार्यले हिन्दू समाजमा व्याप्त कुरीतिहरु एवं अन्धविश्वासहरूलाई समाप्त पार्न तथा परस्पर आत्मीयता एवं स्नेहपूर्ण व्यवहारको परिणाम धर्म रक्षार्थ विराट संगठित शक्ति खडा गर्ने संकल्प व्यक्त गर्नुभएको थियो ।
जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठका पवित्र केन्द्रहरू पुरै देशमा फैलिएको रामानन्द सम्प्रदायको मुल गद्दी हो। श्रीराम तारकब्रह्म पीठमा पाँच हजार बर्ष पश्चात स्थापित श्रीरामानन्दाचार्यको आचार्य गद्दी र चरणपादुका विश्वभरीमा छरिएका रामानन्दीय सन्तहरु, तपस्विहरु एवं अनुयायिहरूको श्रद्धाको केन्द्र बिन्दु हो । यो परम सौभाग्य र सन्तोषको विषय हो कि विश्वको एकमात्र तारकब्रह्म पीठ नेपालको पूर्वि भाग वराहक्षेत्र चतरा धाममा अवस्थित छ ।
श्रीराम तारक ब्रह्म पीठका वर्तमान पीठासीन आचार्य जगद्गुरू श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य ( महायोगी सिद्धबाबा ) पनि स्वामी श्रीरामानन्दाचार्य जी कै प्रतिमूर्ति हुनुहुन्छ। उहाँका संकल्पहरु, उहाँको ज्ञान, उहाँको वाग्मिता र सबैभन्दा राम्रो उहाँको उदारता र संयोजन चेतना यस्तो छ , जसबाट यो विश्वास गरिन्छ कि स्वामी श्रीरामानन्दाचार्यको व्यक्तित्व कस्तो थियो होला भनेर ।
वर्तमान जगद्गुरू रामानन्दाचार्य पद प्रतिष्ठित स्वामी रामकृष्णाचार्य जी महाराजका सत्प्रयासहरूको नतीजा हो कि एक समयमा हराउँदै गएको संस्कार , संस्कृति , धर्ममा आपसी समभाव ,आपसी भाइचारा , दया , करूणा , प्रेम , भक्ति आदिले वैष्णव सूत्रमा बाधिएर सत्विचार तथा सत्चरित्रको एकरूपता स्थापित गरिरहेका छन ।
स्वामी श्रीरामानन्दाचार्यलाई रामोपासनाको इतिहासमा एक युगप्रवर्तक आचार्य मानिन्छ । उहाँले श्रीसम्प्रदायका विशिष्टाद्वैत दर्शन र प्रपत्तिसिद्धान्तलाई आधार बनाएर रामावत सम्प्रदायको प्रवर्दन गर्नुभयो । श्रीवैष्णवहरुमा श्रीरामतारक अथवा षडाक्षर राममन्त्रलाई वेद प्रतिपाद्य बीजमन्त्रको रूपमा प्रतिष्ठा गर्नुभयो । बाह्य सदाचारको अपेक्षा साधनामा आन्तरिक भावको शुद्धतामा जोड दिनुभयो , लिङ्ग , वर्ण , जातपात , छुआछूत, ऊंच-नीचको भाव मेटाएर मानव मात्रमा समताको स्थापना गर्नुभयो ।
नवधाभक्तिबाट परा र प्रेमाभक्तिलाई श्रेयष्कर बताउनुभयो साथै सिद्धान्तहरूको प्रचारमा परम्परापोषित संस्कृत भाषाको अपेक्षा जनभाषालाई प्रधानता दिनुभयो । स्वामी श्रीरामानन्दाचार्यले प्रस्थानत्रयीमा विशिष्टाद्वैत सिद्धान्तानुगुण स्वतन्त्र आनन्द भाष्यको रचना गर्नुभयो यसप्रकार श्रीसम्प्रदायका आचार्यहरूको सिद्धान्त ‘ विशिष्टाद्वैत सिद्धान्त ‘ हो ।
सुक्ष्म चिद्अचिद् विशिष्ट ब्रह्म , स्थुल चिद्अचिद् विशिष्ट ब्रह्मको अद्वैत ( अभेद ) लाइ विशिष्टाद्वैत भन्दछन । श्रृष्टिको पूर्व सुक्ष्म चिद् ( आत्मा ) अचिद् ( प्रकृति ) तथा इश्वर कारण हो एवं श्रृष्टि पश्चात स्थुल चिद् , अचिद् तथा इश्वर कार्य हो । यी दुइ अवस्थाहरू मा केवल एकमात्र ब्रह्म रहन्छ ।
अतः दुवैका अभेद अवस्था सिद्ध छन अर्थात कारणावस्थापन्न ब्रह्मको साथमा कार्यवस्थापन्न ब्रह्मको एकताको नाम नै विशिष्टाद्वैत हो । तत्त्व एवं आचारबोधको दृष्टिबाट वैष्णवमताब्जः भास्करः, श्रीरामपटल, श्रीरामार्चनापद्धति, श्रीरामरक्षास्तोत्र जस्ता अनेकौ कालजयी मौलिक ग्रन्थहरूको रचना गर्नुभयो ।
स्वामी श्रीरामानन्दाचार्य द्वारा दिईएको देश-धर्मको प्रति यी अमूल्य सेवाहरूले सबै सम्प्रदायका वैष्णवहरुका हृदयमा उहाँको महत्त्व स्थापित गरिदियो ।
भारतको सम्प्रदायिक इतिहासमा परस्पर विरोधी सिद्धान्तहरु तथा साधना-पद्धतिहरूका अनुयायिहरुका बीच यति लोकप्रियता उहाँ पूर्व कुनै पनि सम्प्रदायका प्रवर्तकलाई प्राप्त हुन सकेन । अद्वैत मतावलम्बीहरूले ज्योतिर्मठको शंकराचार्यका रूपमा पनि आचार्यलाई नै अपनाए ।
बारकरी पन्थका सन्तहरूले आफ्नो सम्प्रदायको प्रवर्तक मानेर उहाँको बन्दना गरे र कबीरका गुरू त उहाँ हुनुहुन्थ्यो नै, यसकारण कबीरपन्थीहरूमा उहाँको आदर स्वाभाविक छ ।
स्वामी-रामानन्दाचार्यको व्यक्तित्वको यस व्यपाकताको रहस्य, उहाँको उदार एवं सारग्राही प्रवृति र समन्वयकारी विचारधारामा निहित छ । निश्चय नै आचार्यको विराट व्यक्तित्व एवं व्यापक महत्ताको अनुरूप कतिपय आर्षपन्थ एवं सन्त-साहित्यमा उल्लिखित उहाँ स्वयं रामावतार नै हुनुहुन्छ भन्ने वर्णन अक्षरश: प्रमाणित हुन्छ।
रामनन्द: स्वयं राम: प्रादुर्भूतो महीतले।
राम राम कहु राम कहु राम राम कहु राम ।
यतिवर रामानन्द गुरू सुमिरन करू तजि काम ॥