किन मनाउँदैनन् नेवारी समुदायले तीज, यस्तो छ कारण

फाइलफोटो

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

किन मनाउँदैनन् नेवारी समुदायले तीज

नेवारी परम्परा अनुसार केटी अर्थात बालिकाहरुको विवाह तीन पल्ट हुन्छ । पहिलो इहिं मचा, जस्मा बेलसँग विवाह गरिन्छ ।

दोस्रो नेवारी भाषामा बारा तयेगु अर्थात् नेपालीमा गुफा राख्ने जस्लाई सूर्यदर्शन पनि भन्निछ । यसमा सूर्यसँग विवाह गरिन्छ भने तेस्रो लोग्नेमान्छेसँग गरिन्छ ।

केही समुदायहरुमा केटीहरुको पहिलो रजस्वलाको समयमा गरिन्छ । सूर्यदर्शन गरिएका बालिकाहरु खराब मान्छेहरु तथा नकारात्मक शक्तिबाट सूर्यले बचाउँछ भन्ने जनविश्वास रहेको पाइन्छ ।

रहरले यो व्रत बसेको हुन भने व्यक्तिको स्वतन्त्रता माथि बोल्ने र लेख्ने कुरा भएन तर अज्ञानताबास बसेका हुन भने त्यो नेवारी जुन नेवार परम्परा,संस्कृत र धर्म संस्कार बिपरित छ ।

नेवार जातिमा बालिका रजश्वला नभईकन उसको बेलसँग विवाह गरिदिने परम्परा रहेको छ। जसलाई बेल विवाह भनेर चिनिन्छ । बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्दछन् ।

विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ ।

नेवार समुदायमा छोरीको तिन पटक विवाह गरिन्छ । बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

सनातन हिन्दू नै भएतापनी नेवार समुदायका महीलाहरुले तिजको समयमा यो व्रत बस्नु पर्दैन अथवा भनौ बस्ने परम्परा छैन किन कि नेवार समुदायका सनातनी कन्याहरुको बाल्य अवस्थामा नै भगवान सुबर्ण कुमार ( हिरण्य गर्भ:) संग बैदिक-तन्त्र निर्देशन अनुसार इही (इहीपा, विवाह ) संस्कार सम्पन्न भै कहिले पनि बिधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरि सकेका छन ।

यस्तो अवस्थामा यो तीजको व्रत लिई नेवार महीलाहरुले पुन: सौभाग्यका लागि व्रत बसि कामना गर्नु पर्ने आवश्यक्ता धर्मशास्त्रले देखाएको छैन ।

यसै कारणले गर्दा सनातन हिन्दू नै भयेतापनी नेवार महीलाहरुले तीजको यो व्रत लिदैनन । आजकाल केही नेवार कन्या देखि महीलाहरुले अरुहरुको देखासिकी गर्दै तीजको ब्रत बस्न थालेका छन ।

रहरले यो व्रत बसेको हुन भने व्यक्तिको स्वतन्त्रता माथि बोल्ने र लेख्ने कुरा भएन तर अज्ञानताबास बसेका हुन भने त्यो नेवारी जुन नेवार परम्परा,संस्कृत र धर्म संस्कार बिपरित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here