पर्यटन मन्त्रीका चूनौति : जीर्ण निकायमा पुनर्जिवन

काठमाडौं, ११ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्री सुदन किराती वर्तमान मन्त्रीपरिषद्मा आशलाग्दा सदस्यमध्ये एक हुन् । लगातार तीन कार्यकाल संसद छिरेका माओवादी केन्द्रका यी मन्त्री कार्यकारी पदमा पहिलो पटक पुगेका हुन् । जसे गर्दा उनको परीक्षण पनि हुनै बाँकी छ ।

सुरुवाती दिनमा आक्रामक अभिव्यक्तिका कारण चर्चामा आएका किराती अहिले मन्त्रालय मातहतका निकायमा आकस्मिक अनुगमन र व्रिफिङमा व्यस्त छन् । यो काम पुरा भएपछि उनी काममा होमिनु पर्नेछ । त्यसपछि शुरु हुनेछ, उनको असली परीक्षा ।

खासगरी राजनीतिक हस्तक्षेप, अक्षम नेतृत्व र कर्मचारीको ठग प्रवृत्तिका कारण पर्यटन मन्त्रालय मातहतका धेरैजसो निकाय जिर्ण जस्तै बनेका छन् । यसमा नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड देखि नेपाल नागरिक उड्डयन प्राधिकरणसम्म पर्छन् ।

यी क्षेत्र भ्रष्ट पनि छन् । यसै साता त्रिभुवन मिवानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडान घुससहित पक्राउ परे । यो त खुलेको पाटो मात्र हो । मन्त्री स्वयमःले यसको सुईको पाएका छन् ।

सोमबार नेपाल एयरलाइन्स पुगेका उनले भने म सेतो लुगा लगाएको व्यक्ति हुँ, कालो हातले छुने प्रयास नगर्नुहोला । उनको संकेत आर्थिक अनियमिततातर्फ थियो । हरेक क्षेत्र कमिसनमा लिप्त भएको समयमा मन्त्री किरातीले आफूलाई कति सफा राखेर मन्त्रालयबाट निस्कन्छन्, त्यो भने हेर्न बाँकी छ ।

मन्त्री किरातीले पहिलो प्रहार गर्नुपर्ने निकाय नेपा एयरलाइन्स हो । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स वर्तमान कार्यशैलीबाट कहिले पनि माथि उठ्न सक्दैन । व्यवस्थापन सुधार यसको पहिलो एजेण्डा हुनुपर्छ ।

नयाँ जहाज थप गर्दै संस्थालाई सक्षम नबनाएसम्म यो संस्थाले उन्नती गर्न सक्दैन । अर्को प्रहार गर्नुपर्ने क्षेत्र नेपाल पर्यटन बोर्ड हो । यस भित्रका आर्थिक अनियमितताका धेरै पक्ष बाहिरिएका छैनन् । तर, गुनासो धेरै छ । कोरोनापछि आक्रामक बजार बिस्तारमा लाग्नु पर्ने निकाय निदामा रहेको छ ।

तेस्रो मुद्दा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक संस्थाका रुपमा विभाजन । यो नगरेसम्म प्राधिकरण भित्रको भ्रष्ट मानसिकता अन्त्य हुँदैन । प्राधिकरण पुगेर मन्त्री किरातीले यसको चेतावनी समेत दिइसकेका छन् । यी तीन निकायमा सुद्धिकरुण गर्न सकेभने मन्त्री किरानी सफल मन्त्रीका रुपमा स्थापित हुनेछन् ।

अर्को चूनौति उनीसँग निर्माण सम्पन्न भएका विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन र निजगढ विमानस्थलको निर्माणको थालनी पनि हो । निजगढ विमानस्थल नेपालको गेम चेन्जर आयोजना हो । यसलाई अन्य विमानस्थलको वर्तमान स्टाटस देखाएर निर्माणमा अलमल बनाउन सक्ने सम्भावना छ । यसलाई तर्कसंगत चिर्दै मन्त्रालयले आगामी रणनीति बनाउनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here