कर्जा असुलीको सूचना निकाल्दा ऋणीको फोटो छाप्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलेले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् ।

‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । एकीकृत निर्देशिकामा भनिएको छ-कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाईने छैन ।

एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।

लघुवित्त वित्तीय संस्थाले कुनै ऋणीले एउटा प्रयोजन÷ शीर्षकअन्तर्गत कर्जा उपभोग गरेको अवस्थामा यस बैकले तोकेको सीमभित्र रही अन्य थप शीर्षकमा समेत कर्जा प्रवाह गर्न सक्ने छन् ।

संसोधित व्यवस्था अनुसार लघुवित्त वित्तीय संंथाहरुले अबदेखि असल कर्जामा पनि एक दशमलव तीन प्रतिशत न्युनतम कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्ने छ । यसअघि भने असल कर्जामा एक प्रतिशत मात्र कर्जा नोक्सानी बेर्होनु पर्ने व्यवस्था रहेको छ । राष्ट्र बैंकका अनुसार सुक्ष्म निगरानी कर्जामा पाँच प्रतिशत, कमशल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने छ ।

कर्जा असुली सम्बन्धमा एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा छ महिना व्यतीत भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ । कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाईने छैन, राष्ट्र बैंकले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here