काठमाडौं विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं । विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसन्धानमा संसारका कम्तीमा पनि ८० प्रतिशत नागरिकले फेर्ने सासको हावाको गुणस्तर अत्यन्तै कमसल तथा प्रदूषित रहेको पाइएको हो ।

यस्ता सहरमा यात्रा गर्ने वा स्थायी बसोबास गर्ने गरको व्यक्तिमा फोक्सोको क्यान्सको खतरा रहेको अनुमान गरिएको पनि देखाइएको छ ।

विश्वका गरिब देशका शहरहरूमा हिँड्ने बटुवा यस्तो समस्याबाट बढी ग्रस्त हुने देखाईएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसको समय अगावै मृत्यु हुने गरेको छ ।

जसमा दूषित हावा हुने शहरहरुको सूचीमा नेपाल शीर्ष स्थानमा परेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्सको नयाँ रिपोर्ट अनुसार देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दोस्रो नम्बरमा छ ।

वायु प्रदूषणको मात्रा १७२ एक्युआई रहेको छ। रिपार्ट अनुसार काठमाडौंमा वायु प्रदूषणका साथै फोहोर र त्यसको उचित व्यवस्थापन नहुनाले हुने प्रदूषण उच्च विन्दुमा रहेको देखाएको छ ।

वायु प्रदूषणको जाँच आँखाले देख्न नसकिने पीएम १० र पीएम २.५ को मापदण्डमा जाँचिन्छ । पीएम १० भनेको हावामा आउने धुलोमा मिसिने कणहरुसँग सम्बन्धित छ भने पीएम २.५ भनेको कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड जस्ता हानिकारक ग्यासहरुसँग सम्बन्धित छ । अहिले काठमाडौंको हावामा यस्ता विषाक्त ग्यासको मात्रा उच्च छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here