ज्वरो बिना पनि हुन सक्छ डेंगु, यी लक्षण देखिएमा ध्यान दिनुहोस्

काठमाडौं । केही सातायता नेपालका विभिन्न भागहरुमा डेंगु रोगको प्रकोप बढेको छ ।

राजधानी काठमाडौं लगायत चितवन पोखरा र तराईका विभिन्न जिल्लाहरुका डेंगुका लागेका बिरामीको संख्या बढेको छ ।

काठमाडौं उपत्यका यसअघि खासै डेंगुको बिरामी नभेटिएको भएपनि यसवर्ष धेरै मानिसलाई डेंगुको संक्रमण भएको छ ।

लाम्खुट्टेको टोकाइबाट सर्ने डेंगुको सबैभन्दा ठुलो लक्षणको रुपमा ज्वरोलाई मान्ने गरिन्छ ।

तर, चिकित्सकहरुका अनुसार कतिपय अवस्थामा मानिसहरुमा ज्वरो नआउँदा बिना पनि डेंगुको संक्रमण हुन सक्ने पाइएको छ र यस्तो डेंगु सबैभन्दा धेरै खतरनाक हुने गर्दछ ।

किनभने यस्तो अवस्थामा कुनै लक्षण बिना नै हाम्रो शरीरमा प्रभाव पार्ने हुनाले यो सबैभन्दा खतरनाक हुन्छ ।

सामान्यभन्दा धेरै थकाई लाग्नु पनि डेंगुको लक्षण

सामान्य अवस्थामा पनि लगातार लामो समयसम्म थकाईको अनुभव भईराखेको अवस्थामा यो डेंगुको लक्षण हुन सक्छ ।

हालसालै भारतकी एक नर्समा यस्तो समस्या देखिएको थियो । ती नर्सलाई बिना कारण लामो समयसम्म थकाई लागेको भन्दै स्वास्थ्य परिक्षण गर्दा उनमा डेंगुको लक्षण देखा परेको हो ।

हाल उनको उपचार भईरहेको छ । यो खबर ‘द एसोसिएसन अफ फिजिसियन्स अफ इंडिया जर्नल’मा पनि छापिएको थियो ।

वृद्ध वृद्धालाई सबैभन्दा धेरै खतरा

पाचन प्रक्रिया कमजोर भएका मानिसहरुमा बिना ज्वरो नै डेंगु देखा पर्ने गर्छ । वृद्धावृद्धाहरुको पाचन प्रक्रिया कमजोर हुने हुनाले उनीहरुमा प्रकोपको सम्भावना धेरै हुने गरेको हो ।

चिकित्सकहरुका अनुसार कोही मानिसलाई ज्वरो आएको छैन तर तर बिनाकारण नै सामान्यभन्दा धेरै थकाई महसुस हुन्छ भने त्यो डेंगुको लक्षण हुन्छ ।

यी लक्षण देखा परेमा स्वास्थ्य परिक्षण गर्नुहोस्

ज्वरो बाहेक डेंगु लागेमा बान्ता हुने, शरीरमा दुखाई हुने साथै कमजोरी महसुस हुने, चिटचिट पसिना आउने, रिंगटा लाग्ने, भोक नलाग्ने जस्ता लक्षण देखा पर्ने गर्दछ ।

यस्ता मानिसहरु जसमा लगातार थकाई, कमजोरी, अल्छिपन हुनु तथा ब्लड प्रेसर लो हुने जस्तो लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य परिक्षण गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here