५४ प्रतिशत जमिनमा सिचाइँ सुविधा, धेरै जग्गामा धान बाली

काठमाडौं । नेपालको कृषि क्षेत्रको पछिल्लो अवस्था देखाउने ‘सातौं कृषि गणना २०७८’ सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार कृषि गणना सार्वजनिक गरेको हो ।

सार्वजनिक गणनामा पछिल्लो १० वर्षमा कृषि क्षेत्रमा भएको परिवर्तनको तथ्यांकहरु समावेश गरिएको छ । २०६८ सालको तुलनामा २०७८ आइपुग्दा कृषि क्षेत्रमा के कति परिवर्तन भयो भन्ने देखाइएको छ ।

कार्यालयले २०७९ वैशाख ६ देखि जेठ १९ सम्म करिब ७ हजार जनशक्ति परिचालन गरेर कृषिगणना गरेको थियो।

राष्ट्रिय तथ्यांक अनुसार कुल जमिनमध्ये आधा बढी जमिनमा सिचाइँ सुविधा पुगेको छ । कार्यालयका अनुसार १२ लाख ९ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध रहेको छ । यो खेती गरिने कुल जमिनको ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको हो ।

अघिल्लो कृषिगणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । सिंचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ८ लाख ७९ हजार ५७० हेक्टर रहेको छ

राष्ट्रिय तथ्यांक अनुसार सबैभन्दा धेरै जग्गामा खाद्यान्न बाली लगाइएको छ । १२ लाख १६ हजार ३८७.७ हेक्टरमा धान, ५ लाख ५९ हजार ९०९.३ हेक्टरमा मकै र ६ लाख ५४ हजार १९४.३ हेक्टरमा गहुँ बाली लगाइएको हो ।

१ लाख ९९ हजार ८४४.८ हेक्टरमा कोसेरदाल, १ लाख ८० हजार १४१.१ हेक्टरमा तेल, १ लाख ७ हजार ७३३.८ हेक्टरमा तरकारी, १ लाख ४ हजार ७३७.८ हेक्टरमा कन्दमुल, ५६ हजार ८९३.५ हेक्टरमा मसला र ४४ हजार ६०९.३ हेक्टरमा नगदे बाली लगाइएको गणनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here