हमास सिध्याउन गाजा लक्षित आक्रमणको एक महिना, मारिनेको संख्या १० हजार नाघ्यो

Photo : AP

काठमाडौं । हमासलाई सिध्याउने भन्दै गाजा लक्षित आक्रमण भइरहेको एक महिना पूरा भएको छ। तर, इजरायलको आक्रमणबाट हमासभन्दा बढी प्यालेस्टाइनी नागरिक मारिएका छन्। हालसम्म १० हजार बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। जसमा करिब ४ हजार बढी निर्दोष बालबालिकासमेत छन्।

गाजामा मात्रै हालसम्म १० हजार २२ जनाको मृत्यु हुँदा वेस्ट बैंकमा १५५ जना मारिएका छन्। दुवै ठाउँमा गरेर इजरायलको आक्रमणबाट ४ हजार १४६ जना बालबालिका मारिएका छन्।

गाजामा मात्रै हालसम्म १० हजार २२ जनाको मृत्यु हुँदा वेस्ट बैंकमा १५५ जना मारिएका छन्। दुवै ठाउँमा गरेर इजरायलको आक्रमणबाट ४ हजार १४६ जना बालबालिका मारिएका छन्।

इजरायलले अक्टोबर ७ यता ८३ स्वास्थ्य चौकी र अस्पतालमै आक्रमण गरेको अलजजिराले उल्लेख गरेको छ। जसमा धेरै बालबालिका मारिएका छन्। इजरायली सेनाले अस्पताल नै खाली गर्न उर्दी जारी गरिरहेको छ।
हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्‍यो। सो आक्रमणमा १० जना नेपालीसहित १ हजार ४०० बढीको मृत्यु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here