राष्ट्र बैंकलाई उत्पादन र व्यापारमा फरक-फरक ब्याजदर तोक्न माग, यस्ता छन् १७ सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले डेढ दर्जन सुझाव दिएको छ । सीबीफीनले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक समक्ष मौद्रिक नीतिको समीक्षाका विषयमा सुझाव दिएको जनाएको हो ।

अहिले बैंकिङलगायत समग्र निजी क्षेत्र विषम् परिस्थितिबाट गुज्रिरहेको संघले जनाएको छ । मुलुकको बाह्य अवस्थामा क्रमशः सुधार हुँदै गरेको देखिए पनि आन्तरिक अर्थतन्त्र भने शिथिलतातिर गइरहेको संघको बुझाइ छ ।

‘आर्थिक गतिविधि, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार, आन्तरिक उत्पादन, रोजगारी, आयात/निर्यात, पूँजीगत खर्च प्रणाली, मुद्रास्फिति लगायतका क्षेत्रहरुमा अपेक्षित सुधार नदेखिदा अर्थतन्त्र झन जटिलतातर्फ उन्मूख भइरहेको हो कि भन्ने व्यापक चिन्ता र चासो समेत बढेको छ,’ संघले भनेको छ ।

मुलुक संवेदनशिल अवस्थामा उभिएकुो बेला नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको त्रैमासिक समीक्षामा जुटिरहेकोले वर्तमान अर्थव्यवस्थाको वस्तुनिष्ठ मूल्याङ्कनसहित उत्पादनमूलक/रोजगारमूलक/निर्यात मूलक क्षेत्रमा लगानी विस्तार हुने, आम उद्यम/व्यवसायीक क्षेत्रमा आशा र उत्साह जगाउने र समग्र आर्थिक गतिविधिहरुलाई जिवन्त एवं चलायमान बनाउने उपयुक्त नीतिको व्यवस्था गर्न राष्ट्र बैंकलाई सघाउ पुग्ने उद्देश्यले सुझाव पेस गरेको संघले जनाकारी दिएको छ ।

यस्ता छन् सुझाव

१. संस्थापक शेयरलाई क्रमिकरुपमा सर्वसाधारण शेयरमा रुपान्तरण गर्र्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयनमा ल्याइनुपर्दछ । यस्तो व्यवस्थाको कार्यान्वयनले पर्याप्त पूँजी निर्माण र परिचालनमा प्रत्यक्ष सहयोग पुग्ने देखिन्छ ।

त्यसैगरी संस्थापक शेयर र साधारण शेयरको बजार मूल्यमा एकरुपता कायम गरिनुका साथै संस्थापक शेयर कर्जाको हकमा समेत साधारण शेयरकर्जा जस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने प्रावधान राखिनु पर्दछ ।

२. व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमाभन्दा उत्पादनमूलक, रोजगारमूलक एवं निर्यातमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर सस्तो हुने गरी दोहोरो ब्याजदर प्रणाली लागू गरिनुपर्दछ । यस्तो व्यवस्थाले उत्पादनशील क्षेत्रमा क्रियाशिल उद्योगीरव्यवसायीलाई प्रोत्साहन मिल्ने, आर्थिक क्रियाकलापहरुले गति लिने, उत्पादकत्व अभिवृद्धि भइ आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धनमा ठूलो टेवा पुग्ने र उद्यमशिलताको विकास तथा रोजगारी अवसर सृजनामा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

त्यसैगरी उत्पादनमूखी कर्जाको हकमा पूँजी पर्याप्तता अनुपात गणना गर्ने प्रयोजनको लागि तोकिएको जोखिम भारलाई ५०५ ले कम गरिनुपर्दछ । यस्तो व्यवस्थाले उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार भई अर्थतन्त्र चलायमान बनाउन ठूलो टेवा पुग्ने देखिन्छ ।

३. वर्तमान अवस्थामा ब्याजदरमा परेको चापलाई कम गर्न हाल कायम गरिएको ७.५५ को बैंक दरलाई १५ ले घटाउनु औचित्यपूर्ण हुनेछ । यसले नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुमाथि परेको दबावलाई कम गर्न र चौतर्फी आक्रमणलाई निस्तेज पार्न सघाउ पुग्नेछ ।

४. बैंक तथा वित्तीय संस्थाहरुको व्यवसायमा आएको संकुचनलाई मध्यनजर गर्दै सम्वत २०८१ अषाढ मसान्तमा लागू हुने ०.५ प्रतिशतको काउन्टर साइक्लिकरको व्यवस्थालाई स्थगन गर्दा उपयुक्त हुने देखिन्छ ।

५. १ वर्षभन्दा छोटो अवधिको निक्षेपलाई मुद्दतिमा गणना गर्न नपाउने व्यवस्था लागू गरिनु पर्दछ । छोटो अवधिको मुद्दति निक्षेप गर्न पाउने व्यवस्थाले बचत निक्षेप समेत मुद्दतिमा रुपान्तरण हुँदा दीर्घकालिन कर्जा विस्तारमा समेत प्रत्यक्ष असर गरिरहेको छ ।

६. क्यास रिजर्भ रेसीयोलाई नेट लिक्वडीटी रेसीयोले प्रतिस्थापन गरी बैंक तथा वित्तीय संस्थाहरुलाई बढि लचकता प्रदान गरिनु पर्दछ ।

७. रेगुलेट्री रिर्टेल पोर्टफोलियोको लागि गणना गर्ने लो ध्यालु इन्डिभिज्युअल क्राइटेरीयालाई रु। १ करोबाट रु २ करोड पुर्‍याइनु पर्दछ ।

८. कर्जा विस्तारमा ११.५ प्रतिशतको लक्ष्य हासिल गर्नका लागि पूँजी पर्याप्तता, जोखिम वहन र क्षेत्रगत सिमालगायतका व्यवस्थाहरुमा थप लचिलो व्यवस्था कायम गर्नु उपयुक्त हुनेछ ।

९. उत्पादनमूखीररोजगारमूखीरनिर्यातमूखी उद्योग र आतिथ्य क्षेत्रलाई लक्षित गरी सस्तो कर्जा प्रवाहको लागि पुर्नकर्जाको सुविधा उपलब्ध गराउने व्यवस्था कायम गरिनु पर्दछ ।

१०. असल कर्जाको लागि कर्जा नोक्सानी व्यवस्था १ प्रतिशत मात्र कायम गरिनु पर्दछ ।

११. बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जामा अनपेक्षितरुपमा वृद्धि भइरहेको वर्तमान अवस्थामा नेपाल राष्ट्र बैंकको निक्षेप लिदा एनपीए ५५ ननाघेको हुनुपर्ने व्यवस्था हटाइनु पर्दछ ।

१२. बैंकले खराव कर्जाको असूलि प्रकृयामा धितोलाई एनबीएमा सकार गर्दा सकार गर्दा नभई बिक्री गर्दाको अवस्थामा मात्रै क्यापिटल गेन टेक्स लाग्ने व्यवस्था कायम गरिनु पर्दछ ।

१३. बैंक तथा वित्तीय संस्थाको नाममा सकार भएको गैर बैंकिङ सम्पत्तिलाई प्रचलित कानून बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी तेस्रो व्यक्तिको नाममा नामसारी भइसकेको अवस्थामा उक्त सम्पत्ति पुनः फिर्ता गर्न नसकिने स्पष्ट व्यवस्था कायम गरिनु पर्दछ ।

१४. बैंक तथा वित्तीय संस्थाको नाममा सकार भएको गैर बैंकिङ सम्पत्तिलाई प्रचलित कानून बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी तेस्रो व्यक्तिको नाममा नामसारी गर्दा सम्बन्धित मालपोत कार्यालयले जग्गा हदबन्दी विषय उठाइ नामसारी नगरिदिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाको हकमा जग्गा हदबन्दी लागू नहुने स्पष्ट व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकमार्फत पहल गरिनु पर्दछ ।

१५. चालू पूँजी कर्जाको सिमा निर्धारण गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थालाई नै दिइनुपर्दछ । त्यसैगरी चालु पूँजी कर्जा सम्बन्धी मार्गनिर्देशन अत्यन्तै महत्वपूर्ण हुँदाहुँदै पनि देशको परिवेश, आवश्यकता, समय–सान्दर्भिकता र संभावित प्रभावका विषयमा सरोकारवालावीच व्यापक छलफल गरी हाल असान्दर्भिक देखिएका व्यवस्थाहरुमा सुधार गर्न तत्काल आवश्यक पहलकदम लिनु पर्दछ ।

१६. जमानतकर्तालाई कालासूचीमा समाबेश गर्ने सम्बन्धमा कायम गरिएको प्राबधान तपसिलमा उल्लिखित ऐन नियमसँग बाझिएको हुदाँ तुरुन्त फिर्ता गरियोस् ।

–बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ दफा २ ९छ० ले “ऋणी” भन्नाले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति, फमर्, कम्पनी तथा प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था सम्झिनु पर्ने र सो शब्दले जमानत दिने व्यक्ति समेतलाई जनाउने छ भनिएको

– मुलुकी देवानी संहिता दफा ५६४ उपदफा ९१० क ले जमानत दिने ब्यक्तिको दयित्चमा दायित्व पूरा गर्ने पर्ने व्यक्तिले त्यस्तो दायित्व पूरा गर्न नसकेको बखतदेखि नै जमानत दिने व्यक्तिको दायित्व सृजना हुने उल्लेख भएको।

१७. हाल एक्युरल बेसिमिा ब्याज आम्दानी देखाउने र सो को आधारमा कर तिर्नुपर्ने व्यवस्थालाई संशोधन गरी क्यास बेसिसमा मात्रै ब्याज आम्दानी देखाउन पाउने व्यवस्था गरिनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here