१७ वर्षमा ‘नम्बर वान’ वित्तीय क्षेत्रको ‘रोल मोडल’ ग्लोबल आईएमई बैंक, कुल पूँजी ५८ अर्ब

काठमाडौं,१७ पुस । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंक रहेको छ । पर्यटन, रेमिट्यान्स, सूचना प्रविधि मात्रै नभएर आईएमई समूहले नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमईको समेत नेतृत्व गरेको छ । जसको अध्यक्ष छन्– आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल ।

उनकै नेतृत्वमा २१ वटा बैंक तथा वित्तीय संस्थाको मर्जर सफल व्यवस्थापन हुँदै नेपालकै सबैभन्दा ठूलो ग्लोबल आईएमई बैंक बनेको छ ।

सञ्चालनमा आएको १७ औं वर्षमा प्रवेश गर्दै गर्दा आईएमई समूहले स्थापना गरेको ग्लोबल आईएमई बैंक बैंकिङ सेवा तथा पूँजीको हिसाबले नेपालको नम्बर १ बैंक बनेको हो। बैंक २०६३ सालमा १८औँ वाणिज्य बैंकका रूपमा स्थापित भएको थियो ।

एक अर्ब ५० करोड चुक्ता पुँजीसहित स्थापना भएको बैंकको चुक्ता पुँजी अहिले ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ पुगेको छ । बैंकको कुल पूँजी ५८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

बैठकले २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गरेको छ भने देश तथा विदेशमा ११ सयभन्दा बढी केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ ।

गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाँभेर अहिले ग्लोबल आईएमईआई बैंक ‘नम्बर वान बैंक’ बनेको छ । बैंक पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जाल लगायतका आधारमा ग्लोबल देशकै ठूलो बैंक बनेको हो । यसका सबै वित्तीय सूचक पनि अब्बल छन् ।

त्रैमासमा एक अर्ब २२ करोड नाफा

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमाससम्ममा बैंकले एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको नाफा एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो । यस अवधिमा बैंकको व्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कमिसन आम्दानी बढेको छ ।

पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी चार अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत वर्ष यो आँकडा तीन अर्ब २० करोड रुपैयाँ थियो । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनामा ७८ करोड रुपैयाँले बढेको छ ।

गत वर्षको यस अवधिमा बैंकले तीन अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा तीन अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको बताएको छ ।

वितरणयोग्य मुनाफा तीन अर्ब ३२ करोड

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ । बैंकले जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित रहेको बताएको छ ।

पछिल्लो तीन महिनामा निक्षेप ३.९१ प्रतिशत र कर्जा ०.२७ प्रतिशत बढेको बैंकले जनाएको छ ।

सबैभन्दा धेरै कर तिर्ने बैंक

नेपालको बैंकिङ इतिहासमै गत वर्ष सबैभन्दा धेरै कर तिरेको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रुपैयाँ कर तिर्दै सबैभन्दा बढी कर दाखिला गर्ने संस्थाका रूपमा बैंकले नेपाल सरकारबाट सम्मान पाएको छ । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ ।

ग्लोबल आईएमईआई बैंकका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटीएम, ३७४ शाखारहित बैंकिङ इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालय छन् । १२ वर्ष लाभांश बाँडेको बैंकले सबैभन्दा धेरै २५.५० प्रतिशत लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो ।

डिजिटल बैंकिङ

निक्षेप तथा कर्जा सेवाका साथसाथै बैंकले प्रविधिमा आधारित आधुनिक सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । ग्राहकले बढीभन्दा बढी डिजिटल च्यानल प्रयोग गरोस् भन्ने चाहाना राख्दै आएको बैंकले विभिन्न सचेतना कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।

डिजिटलमार्फत बैंकिङ कारोबार गर्दा स–साना कामको लागि बैंकसम्म धाइरहनुपर्र्दैन । बैंकमा आउँदा, जाँदा खर्चिने समयको बचत हुन्छ । अहिले घरबाटै बैंकमा खाता खोल्ने, फन्ड ट्रान्सफर, अनलाइनबाटै लोन लिने, पानी, बिजुली, स्कुल तथा कलेजको बिल भुक्तानीदेखि लिएर धेरै सुविधा डिजिटल माध्यमबाटै गर्न सकिने सुविधा छ ।

बैंकको डिजिटल बैंकिङअन्र्तगत ग्लोबल स्मार्ट, ग्लोबल अनलाइन, क्यु आर कोड भुक्तानी, अनलाइन फिक्स्ड डिपोजिट, मिस कल बैंकिङ, भाइबर बैंकिङ सञ्चालनमा छन् ।

बैंकले यीबाहेक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैंकले बेला–बेला निःशुल्क स्वास्थ्य शिविर, आर्थिक सहयोगलगायत कार्य पनि गर्दै आएको छ ।

१२ वर्षे लाभांश इतिहास

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा एक प्रतिशत बोनस र कर प्रयोजनका लागि आठ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै २५.५० प्रतिशत लाभांश आर्थिक वर्ष २०७५/०७६ मा बाँडेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा बैंकले १२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७८/०७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यतिबेला बैंकले तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो ।

आव २०६९/०७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो । आव २०७०/०७१ बैंकले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि चार प्रतिशत नगद लाभांश थियो ।

आर्थिक वर्ष २०७१/०७२ मा लगानीकर्तालाई २३ प्रतिशत बोनस सेयर मात्र वितरण गरेको थियो । बैंकले आव २०७२/०७३ मा बैंकले १६ प्रतिशत बोनस सेयर दिएको थियो ।

आर्थिक वर्ष २०७३/०७४ मा लगानीकर्तालाई नगद र बोनस १०/१० प्रतिशत गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । आ.व. २०७४/०७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको थियो । आ.व. २०७६/०७७ मा १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित दुई प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

२०७७/०७८ मा बैंकले आफ्ना लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश थियो ।

बैैंकले आव २०७८/०७९ मा तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।

०६८ सालदेखिको मर्जरको इतिहास

ग्लोबल आईएमईआई बैंकले २०६८ माघ २० गते आईएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो ।

त्यसपछि लर्डबुद्ध फाइनान्स र सोसल डेभलपमेन्ट बैंकसँग बैंकले मर्जर सम्झौता गरेको थियो । बैंकको मर्जर यात्रा गुल्मी विकास बैंक, कमर्स एन्ड ट्रस्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसम्म पुग्यो । हाथवे फाइनान्सपछि ग्लोबल आईएमईआई बैंक जनता बैंकसँग मर्जर भयो ।

नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका मान्छि । त्यसपछि बैंक अफ काठमाडौंलाई गाँभेसँगै ग्लोबल आईएमई बैंक नेपालको नम्बर वान बैंक बनेको हो ।

बजार विस्तारमा ग्लोबलको रणनीति

देशका सबै जिल्लामा बैंकिङ सेवा पु-याउने लक्ष्य ग्लोबलको रणनीतिअन्र्तत पर्दछ । जसमा बैंकले सफलता हासिल गरिसकेको पनि छ । ग्लोबल अहिले देशको ७७ वटै जिल्लामा पुगिसकेको छ ।

बैंकको ३ सय ५५ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीन वटा वैदेशिक सम्पर्क कार्यालयमार्फत समेत बैंकिङ सेवा दिइरहेको छ । जसले ग्राहकहरूलाई ठूलो दायराको बैंकिङ सेवाहरू प्रदान गरिरहेको छ ।

विदेशबाट रेमिट्यान्स भित्राउनको लागि थप मार्केटिङ विस्तार गर्ने रणनीति बैंकले लिएको छ । विदेशमा पनि ग्लोबलले आफ्नो प्रतिनिधि कार्यालयहरू खोलेका छन् । त्यसलाई थप बढाउँदै लैजाने योजना बैंकको छ ।

पाँच वर्षको लागि बैंकको ‘लक्ष्य २०२५’ को रणनीतिक कार्यक्रम सञ्चालनमा छ, जुन कार्यक्रम लक्ष्यनजिक पुगिसकेको बैंकले जनाएको छ । ‘लक्ष्य २०२५’ मा धेरै कुराहरू समेटिएको छ ।

जसमध्ये डिजिटलाइजेशनमा केन्द्रीत हुने, ‘अटोमेशन’ गर्ने, डिजिटल प्रडक्ट बिक्री गर्नेलगायत छन् । ‘प्रोसेस रिइन्जियरिङ’ गर्दै उत्पादकत्व बढाउने र ग्राहकहरूलाई बैंकमा नआइकन बैंकिङ कारोबार गर्न सक्ने अवस्थामा पु¥याउने रणनीति बैंकको छ । बैंकले सन् २०२५ सम्ममा आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

ग्राहकको थप विश्वास जित्न र बैंकलाई अझै उचाइमा पुर्याउन डिजिटल प्रविधिलाई थप प्रभावकारी बनाउने, सन्तुलित व्यवसाय विस्तारमा जोड दिएर अघि बढ्ने बैंकको भावी योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here