निर्यातजन्य वस्तुको उत्पादनमा पाइने ऋणको ब्याजदर घट्यो

काठमाडौं ८, फागुन । निर्यातजन्य वस्तु उत्पादनमा तीन प्रतिशत ब्याजदरमै ऋण पाइने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो । यसअघि यस्तो कर्जा बापत उद्योगी व्यवसायीले साढे ४ प्रतिशत ब्याजदरमा ऋण पाउँदै आएका थिए ।

यस्तो कर्जा प्रवाह गरेबापत बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट १ प्रतिशतमा पुनर्कर्जा सुविधा पाउँछन् । यसरी आफूले १ प्रतिशत ब्याजदरमा लिएको पुनर्कर्जा बापतको रकमलाई बैंक तथा वित्तीय संस्थाले साढे चार प्रतिशतमा लगानी गर्दै आएका थिए ।

‘निर्यात प्रोत्साहन गर्ने उद्देश्यले १ प्रतिशत ब्याजमा यस बैंकले दिँदै आएको निर्यात पुनरकर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ऋणीसँग ३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिनेछ,’ राष्ट्र बैंकले भनेको छ ।

घरेलु उत्पादन बढाएर आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अघि बढाएको योजनालाई सहयोग पु¥याउने राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत यस्तो व्यवस्था ल्याएको हो ।

निरन्तर रुपमा ब्याज बढेकाले लागत बढाएपछि काम गर्न अप्ठेरो भएको भन्दै उद्योगी व्यवासीहरुले ब्याज घटाउन आग्रह गरिरहेको समयमा राष्ट्र बैंकले यस्तो व्यवस्था ल्याएको हो ।

यसैगरी, साधारण पुनर्कर्जाको ब्याजदर पनि १ प्रतिशतले घटेको छ । नयाँ व्यवस्था अनुसार अब ग्राहकले तोकिएका क्षेत्रमा ८ प्रतिशतमै ऋण पाउन सक्नेछन । हाल यो शिर्षक अन्तरगत बैंक तथा वित्तीय संस्थाले ९ प्रतिशतमा ऋण प्रवाह गर्दै आएका छन् ।

यसैबीच राष्ट्र बैंकले पुनर्कर्जा कोषको आकार बढाएर ५० अर्ब पु¥याएको छ । यसअघि यो कोषको आकार ३० अर्ब रुप्ैयाँ थियो । कोषको आकार बढेपछि सस्तो थप पुनर्कर्जा सुविधा पाइन्छ । पुनरकर्जा सुविधाको उपयोगलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here