ऊर्जाका लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवम् कोइलाको प्रयोगमा कम गर्न सकिन्छ । नवीकरणीय ऊर्जा जस्तैः सौर्य ऊर्जा, जलविद्युत्, वायुशक्ति, बायो ग्यास, भू–ताप आदिको प्रवद्र्धन गरी उपयोग गरेमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिन्छ ।
प्रतिवेदनअनुसार जलवायु परिवर्तन, वासस्थानमा वृद्धि, जीवन शैलीमा परिवर्तन र तीव्र वनविनाशका कारण मलेरिया, डेंगुजस्ता रोगको प्रकोप बढ्नेछ, जसको सिकार बच्चा हुनेछन् ।