सन् २०५० सम्ममा विश्वका पाँच अर्ब मानिसले पानीजन्य संकट झेल्नुपर्ने

काठमाडौं, २० असोज । जलवायु परिवर्तनको असरले सन २०५० सम्ममा करिब पाँच अर्ब मानिसले पानीजन्य संकट झेल्नुपर्ने विज्ञहरुले औल्याएका छन् ।

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम वृद्धिदरमा अहिलेकै अवस्था रहेमा पानीजन्य संकट विज्ञहरुले औल्याएका हुन् ।

संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले विश्वमा हाल जलवायु परिवर्तनसम्बन्धी समस्या देखिएको र यसका कारणले गर्दा विश्वमा खानेपानीका साथै पानीजन्य समस्या उत्पन्न हुनसक्ने बताएको हो ।

जस्तो कि बाढी, खडेरी तथा खानेपानीको अभावका कारण धेरै मानिस प्रभावित पर्नसक्ने सो एजेन्सीले जनाएको छ । विश्वमा पानीजन्य समस्याका कारण धेरै नागरिक समस्यामा पर्नसक्ने सो संस्थाको चेतावनी छ ।

जलवायु परिवर्तनको प्रभावका कारण यस्ता समस्याहरु उत्पन्न हुनसक्ने अवस्था देखिएको पनि सो संस्थाले जनाएको छ । उक्त संस्थाले अहिले पनि विश्वका मानिसहरु यस्ता समस्याबाट सताइएका तथा खानेपानीको अभावमा परेका देखिएको छ ।

उक्त एजेन्सीले गरेको एक विश्वव्यापी अनुसन्धानबाट सन् २०१८ मा मात्र विश्वका करिब साढे तीन अर्ब मानिसलाई वर्षमा कम्तीमा पनि एक महिना खानेपानीको अभाव भएको पाइएको थियो ।

सो एजेन्सीको अनुसन्धानबाट गएको २० वर्ष यतादेखि पानीजन्य यस्ता समस्याहरु प्रत्येकवर्ष बढ्दै गएको पाइएको देखिएको छ । यस्ता समस्याहरु पनि जलवायु परिवर्तनको प्रभावका कारणले नै देखिएको पनि सो संस्थाले जनाएको छ ।

जलवायु परिवर्तनलाई सम्बोधन गर्ने परम्परागत सीप, ज्ञान, प्रविधि र प्रयोगको अभिलेख तयार पारी आवश्यक विकास र प्रवद्र्धन गरेर व्यवहारमा ल्याउने कामहरु अहिले सञ्चालन भैरहेका छन् ।

ऊर्जाका लागि प्रयोग भइरहेका पेट्रोलियम पदार्थ एवम् कोइलाको प्रयोगमा कम गर्न सकिन्छ । नवीकरणीय ऊर्जा जस्तैः सौर्य ऊर्जा, जलविद्युत्, वायुशक्ति, बायो ग्यास, भू–ताप आदिको प्रवद्र्धन गरी उपयोग गरेमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिन्छ ।

बोटबिरुवाले वायुमण्डलमा भएको कार्बन डाइअक्साइड ग्यास सोस्ने हुनाले वनजङ्गलको संरक्षण गर्ने र नाङ्गो जमिनमा वृक्षारोपण गर्ने कामले अनुकुलनमा ठूलो मद्दत पुगिरहेको छ ।

स्वच्छ ऊर्जाद्वारा सञ्चालन गर्न सकिने उपकरण, सवारी साधनहरूको प्रयोगमा जोड दिनाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

सरकारले यस वर्षको बजेटमा पनि विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकतामा राखेको छ । यसैगरी फोहरमैलाको पुनः नविकरण र पुनः प्रयोग गरी उचित व्यवस्थापन गर्ने कामले पनि जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा सहयोग पुग्न सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here