तनाव, डर र डिप्रेसनको सिकार बन्दै बालबालिका

काठमाडौं । जलवायु परिवर्तन विश्वकै सबैभन्दा ठूलो समस्याको रुपमा देखा परेको छ । यो विषयमा विश्वभर मै चर्चा परिचर्चा हुने गरेको पाईन्छ ।

‘स्टेट अफ ग्लोबल एयर’ २०१९ मा प्रकाशित रिपोर्ट अनुसार जलवायु परिवर्तनबाट मृत्यु हुने संख्या स्वास्थ्य सम्बन्धी समस्याबाट हुने मृत्युभन्दा केही पछि मात्र छ ।

जलवायु परिवर्तनको कारण सबैभन्दा धेरै मानसिक समस्याहरु हुने गरेको रिपोर्टले बताएको छ । सबैभन्दा महत्वपुर्ण र डरलाग्दो कुरा त के छ भने बच्चाहरु सबैभन्दा धेरै जलवायु परिवर्तनको सिकार बन्दै छन् ।

मनोवैज्ञानिकहरुको भनाई मान्ने हो भने वर्तमान समयमा बच्चाहरु चिन्ता, डिप्रेसन तथा बिरामीको मात्रा बढ्दो क्रममा छ । यसका साथै बालबालिकाहरुमा जतवायु परिवर्तनका कारण एक छुट्टै प्रकारको चिन्ता सुरु हुन थालेको छ जसलाई मनोवैज्ञानिक भाषामा ‘इको—एन्जायटी’ भनिन्छ ।

वर्तमान समयमा बच्चाहरुमा यो धर्ती उनीहरुको बस्न लायक छैन् भन्ने चिन्ता बढ्न थालेको छ । उनीहरु सोच्ने गर्छन् की जलवायु परिवर्तनको कारण अब धर्तीमा धेरै समय स्वस्थपुर्वक बस्न सकिदैन् ।

रिपोर्टको अनुसार बच्चाहरुमा देखिएको यस्तो खतरापुर्ण व्यवहार र खतराको संकेत देख्दा पनि हालसम्म यसलाई कम गर्न र बच्चाहरुको व्यवहार परिवर्तनको लागि कुनै ठोस कदम चालिएको छैन् ।

बालबालिकाको अधिकारको लागि काम गर्ने संस्था ‘सेभ द चिल्डे«न’ द्धारा जारी गरिएको ‘फिलीङ्ग द हिट चाइल्ड सरभाइवल इन चेन्जिङ्ग क्लाइमेट’ रिपोर्टमा भनिएको छ बच्चाहरु जलवायु परिवर्तनको कारण सबैभन्दा धेरै खतरामा छन् ।

प्रतिवेदनमा लेखिएको छ ‘अबका दिनमा बच्चामा झाडापखालाको समस्या झन् बढ्नेछ । खानेपानीको अभाव र सरसफाइको कमीका कारण एसिया र अफ्रिकाका केही क्षेत्रमा झाडापखाला १० प्रतिशतले बढ्न सक्छ ।’

मानसिक रोग र डिप्रेसन

यो धेरै दुःखको कुरा हो की वर्तमान समयमा साना साना बच्चाहरु मानसिक रोगको सिकार बन्दै छन् । अचानक सामान्य कुरामा रिसाउने, चिटचिटापन हुनु, दुखी हुनु सबै मानसिक रोगप्रतिको संकेत हो ।

विश्वमा करिब १ अर्ब ३० करोड जनसंख्या स्वच्छ पिउने पानीबाट वञ्चित छन् । यसले पानीबाट हुने संक्रमण तीव्र रूपले बढाएको छ ।

प्रतिवेदनअनुसार जलवायु परिवर्तन, वासस्थानमा वृद्धि, जीवन शैलीमा परिवर्तन र तीव्र वनविनाशका कारण मलेरिया, डेंगुजस्ता रोगको प्रकोप बढ्नेछ, जसको सिकार बच्चा हुनेछन् । मलेरियाका कारण प्रत्येक वर्ष १० लाख बच्चाको मृत्यु हुने गरेको छ ।

यसमा पाँच वर्षभन्दा कम उमेरका बच्चाको संख्या ८० प्रतिशत छ । प्रदूषणका कारण झिंगा र लामखुट्टेबाट फैलिने ज्वरो र इन्फेक्सनको सबैभन्दा बढी सिकार बालबालिका भएका छन् ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार बच्चामा डिप्रेसन र एन्जाइटीजस्ता मानसिक समस्या प्रदूषित सहरमा बढी देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here