सरकारले सवारी लाइसेन्सको ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास हुने व्यवस्था ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायातमन्त्री तथा सचिवहरूको बैठकले निर्देशिका कार्यान्वयन ल्याउने निर्णय गरेको हो ।
जुनसुकै सवारीको लाइसेन्स प्राप्त गर्न आवेदन दिने व्यक्तिले सुरुमा ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । नवीकरण गर्दा भने मोटरसाइकल, कार/जिप/भ्यान, मिनिबस/मिनिट्रक, मेसिनरी उपलकरणको भिन्दा भिन्दै शुल्क रहेको छ ।