सवारी लाइसेन्स लिँदै वा नवीकरण गर्दै हुनुहुन्छ ? यस्तो छ शुल्क

काठमाडौं, २३ भदौ । कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै गत बैशाख १६ गतेदेखि अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा गत आइतबारदेखि पुनः खुलेको छ ।

योसंगै फारम भरेर लिखित र ट्रायल परीक्षाको पर्खाइमा बसेका करिब ६ लाख मानिसको लाइसेन्स लिने प्रक्रिया अघि बढेको छ । यद्यपी यातायात व्यवस्था विभागले लाइसेन्सको नयाँ आवेदन भने अझै खुलाएको छैन् ।

तपाईं पनि लाइसेन्स लिने प्रक्रियामा हुनुहुन्छ र तपाईंलाई यस प्रक्रियामा शुल्क कति लाग्छ भन्ने थाहाँ छैन् भने यो सूचना तपाईंको लागि उपयुक्त हुनसक्छ ।

जुनसुकै सवारीको लाइसेन्स प्राप्त गर्न आवेदन दिने व्यक्तिले सुरुमा ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । नवीकरण गर्दा भने मोटरसाइकल, कार/जिप/भ्यान, मिनिबस/मिनिट्रक, मेसिनरी उपलकरणको भिन्दा भिन्दै शुल्क रहेको छ ।

मोटरसाइकलको नवीकरण शुल्क १५ सय रुपैयाँ र वर्ग थपका लागि ५ सय रुपैयाँ शुल्क लाग्ने व्यवस्था बागमती प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारले ‘प्रदेश आर्थिक ऐन २०७८’ मा केही फेरबदल गरेर नयाँ शुल्क तय गरेको थियो ।

कार/जिप/भ्यानको नवीकरण शुल्क २ हजार रुपैयाँ र वर्ग थप गर्न ५ सय रुपैयाँ नै तोकिएको छ । मिनिबस/ मिनिट्रकको नवीकरण गर्न २ हजार ५ सय र वर्ग थपका लागि १ हजार रुपैयाँ शुल्क लाग्छ ।

त्यसैगरि ट्रक, बस र लहरी र मेसिनरी उपलकणको नवीकरण र वर्ग थपका लागि समान शुल्क क्रमशः ३ हजार र १ हजार रुपैयाँ लाग्छ । नयाँ लाइसेन्स लिनेले परीक्षा पास गरेपछि नवीकरणका लागि तोकिएकै शुल्क राजश्व तिरेर लाइसेन्स पाउने व्यवस्था छ ।

‘ड्राइभिङ लाइसेन्स’ को रोकिएको परीक्षा सकिए लगत्तै नयाँ आवेदन खुल्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here