सेयर बजार मापक सूचक नेप्से २.१२ अंकले बढेर १३४२.४१ विन्दुमा पुगेको छ । आज १८४ कम्पनीको १ अर्ब ८ करोड ८७ लाख १६ हजार ११८ रुपैयाँ बराबरको कारोबार भएको छ । ३७ लाख ३३ हजार ५०५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
पुँजी बजारलाई अर्थतन्त्रको ऐना (सूचक)का रूपमा हेरिन्छ । मुलुकको अर्थतन्त्र कता जादै छ भन्ने जान्नका लागि पुँजी बजारको अवस्था तथा दिशा अवलोकन गरिन्छ । तर, नेपाली पुँजी बजारको प्रकृति बेग्लै खालको छ ।